मुख्यमन्त्री पाण्डेले भने- संविधानको कार्यान्वयनबाट आर्थिक समृद्धि सम्भव छ | Khabarhub Khabarhub

मुख्यमन्त्री पाण्डेले भने- संविधानको कार्यान्वयनबाट आर्थिक समृद्धि सम्भव छ


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव रहेको बताएका छन् ।

संविधान दिवस-२०८२ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज पोखरामा आयोजित संविधान दिवस मूल समारोह कार्यक्रममा उनले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा सबैले आआफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणका लागि तीन वटै तहबीच समन्वय र सहकार्य आवश्यक पर्ने बताउँदै उनले रोजगारी सिर्जना, लगानीमैत्री वातावरण, भौतिक संरचनाको पुनः निर्माण र जनतासँग प्रत्यक्ष जोडिएका सेवाको विस्तारमा गण्डकी प्रदेश लाग्ने प्रतिबद्धता जनाए । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै गण्डकी प्रदेश र सिङ्गो मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको मुख्यमन्त्रीले उल्लेख गरे ।

संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशील रहेको उनले बताए । लोकतान्त्रिक मूल्य मान्यता र प्रक्रियालाई सुदृढ बनाउन हामी सबै जिम्मेवार बन्न आवश्यक रहेकामा उनले जोड दिए । 

गत भदौ २३ र २४ गते देशका विभिन्न ठाउँमा जेन-जीद्वारा गरिएको प्रदर्शनले नयाँ पुस्ताको आकाङ्क्षा र परिवर्तनको चाहनालाई प्रष्ट पारेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे ।

उनले यस क्रममा सहादत प्राप्त गरेका युवा पुस्ता र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकूल परिवारमा गहिरो समवेदना व्यक्त गरे । 

प्रदर्शनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले घटनाको न्यायपूर्ण छानबिन, दोषीमाथि कारबाही र पीडितहरूको न्याय सुनिश्चित गर्ने दिशामा आवश्यक पहल गर्न सबैसँग अनुरोध गरे ।

‘जेन-जी पुस्ताले उठाएका विषय सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति यी हाम्रो साझा लक्ष्य हुन् र सामूहिक जिम्मेवारी पनि हो, उनले भने, ‘पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी प्राप्त उपलब्धिमाथि प्रहार गर्ने, नकारात्मक सोचलाई स्थापित गर्ने गरी गलत भाष्य निर्माण गरिएकोतर्फ सचेत रहँदै सकारात्मक सोच राखेर थप उपलब्धि हासिल गर्ने दिशामा अघि बढ्न विषेशत युवा पुस्तालाई म अनुरोध गर्दछु ।’

सुशासन कायम गर्ने विषयमा गण्डकी प्रदेश दृढ रहेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे । 

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ७ : १३ बजे

नक्कली सर्टिफिकेट प्रकरण रास्वपा नेता कँडेल जेल चलान

चितवन – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन प्रचण्डको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज सम्पन्न निःशुल्क आँखा शिविरबाट

जेनजी आन्दोलन : वृद्धा बुवाआमा छाडेर अस्ताए गोपाल

झापा – गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी – जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा