पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध « Khabarhub

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

चितवन‍– नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा आज साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले आज साँझ खसेको पहिरोका कारण सडक अवरुद्ध भएको बताउँदै पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिइन् । माथिबाट पहिरो आउने जोखिम कायमै रहेको उनको भनाइ छ ।

आज दिउँसोदेखि पहिरो खस्ने र पन्छाउने काम गरिरहेको शर्माले बताइन् । यहाँका अनुसार साँझपख आएको पहिरो पन्छाउन केही समय लाग्ने देखिएको छ । पहिरो खस्ने जोखिम रहेकाले रातको समयमा यस खण्डको प्रयोग नगर्न प्रहरीले यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ । रासस
 

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ८ : ०० बजे

पोखरा पुगे भारतीय सेना प्रमुख जनरल धीरज सेठ (तस्बिरहरू)

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय

चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

बेइजिङ- चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनःप्राप्त गरेको छ।

संसदीय दलका नेता बालेन्द्रबिना नै सुरु भयो रास्वपा बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

सबै मन्त्रीको उपस्थितिमा रास्वपा संसदीय दलको बैठक जारी (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ