सुडानमा चर्किएको जातीय हिंसाप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त « Khabarhub

सुडानमा चर्किएको जातीय हिंसाप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

जेनेभा – सुडानको जारी युद्ध यस वर्षको सुरुदेखि नै तीव्र भएका र यसले विकराल रूप लिन थालेको भनी संयुक्त राष्ट्रसङ्घले शुक्रबार चासो व्यक्त गरेको छ।

सुडानमा तत्काल दिइने मृत्युदण्डको संख्या बढेको छ र जातीय हिंसामा भएको वृद्धि चिन्ताजनक बनेको छ ।

संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले नियमित सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ)बीच ‘द्वन्द्वको बढ्दो जातीयता’ को चेतावनी दिएको छ । यसले सन् २०२३ अप्रिलदेखि सुडानलाई हिंसामा गाँजेको छ।

गृहयुद्धबाट तहसनहस भएको सुडानमा यस पहिले भएको ‘बिर्सिएको द्वन्द्व’ ले दशौँ हजारको ज्यान लिइसकेको छ र लाखौँलाई विस्थापित गरिसकेको छ।

टर्कको कार्यालयले एक विज्ञप्तिमा भनेको छ, “बढ्दो जातीय र विभाजनकारी आयाम र नागरिक जनसङ्ख्यामा विनाशकारी प्रभावका कारण वर्षको पहिलो छ महिनामा युद्ध तीव्र विस्तार भएको थियो।”

सुडानका लागि राष्ट्रसङ्घीय मानवअधिकार अधिकार कार्यालयका प्रतिनिधि ली फुङले जेनेभामा पत्रकारहरूसँग भने, “विशेष गरी उत्तरी डार्फरमा ‘जातीय आधारमा हिंसा भड्किएको छ।”

युद्धले देशलाई प्रभावकारी रूपमा विभाजित गरेको छ, सेनाले उत्तर, पूर्व र मध्यभागमा कब्जा जमाएको छ । आरएसएफले दक्षिणका केही भाग र पश्चिमी डार्फरको लगभग सम्पूर्ण क्षेत्रमा प्रभुत्व जमाएको छ।

वर्षको पहिलो छ महिनामा ‘यौन हिंसा, अन्धाधुन्ध आक्रमण, र विशेष गरी जातीय आधारमा नागरिकविरुद्ध प्रतिशोधात्मक हिंसाको व्यापक प्रयोग भइरहेको’ छ,” शुक्रवारको रिपोर्टमा भनिएको छ।

नयाँ प्रवृत्तिहरूमा देशको उत्तर र पूर्वमा रहेका गाउ र वस्तीहरूमा ड्रोनको प्रयोगगरी आक्रमण गरिएको छ । यो क्षेत्र अहिलेसम्म युद्धले धेरै हदसम्म जोगिएको क्षेत्र हो ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ८ : ५२ बजे

स्वास्थ्य मन्त्रालयको पुँजीगत खर्च ६८ प्रतिशत 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चालु आर्थिक वर्षको पुँजीगत खर्च

स्वास्थ्य क्षेत्रमा सुस्त प्रगति, घटेन मातृ मृत्युदर र कुपोषण

काठमाडौं– सरकारको सोह्रौँ योजनाले तय गरेका स्वास्थ्य क्षेत्रका अधिकांश सूचकमा

म्यान सिटीबाट बिदा हुँदै ग्वार्डिओला, एनजो मारेस्का नेतृत्वमा ‘नयाँ युग’ थालिँदै

म्यानचेस्टर- इङ्लिस क्लब म्यानचेस्टर सिटीमा ठूलो परिवर्तनको संकेत देखिएको छ

फिटनेसबारे शंकाबीच ब्राजिलको विश्वकप टोलीमा अटाए नेयमार, फ्यानहरूले मनाए खुसियाली

रियो दि जेनेरियो– बारम्बारको चोटपछि पूर्ण फिट भएर फर्किन संघर्ष

सुनुवाइ समितिमा उपस्थित भए शर्मा, आजै प्रधानन्यायाधीशमा अनुमोदन गरिँदै

काठमाडौं- काठमाडौं– प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्मा संसदीय