वैशाखदेखिको विपदका घटनामा २४३ जनाको मृत्यु « Khabarhub

वैशाखदेखिको विपदका घटनामा २४३ जनाको मृत्यु


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वैशाखदेखि हालसम्म देशभर तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट ६ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सो अवधिमा विपदमा परेर २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन् । यस्तै, २४ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार ६ महिनाको अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । एक हजार २९५ वटा आगलागीका घटना हुँदा २३ जानको मृत्यु भएको छ भने एक सय ७७ जना घाइते भएका छन् । आगलागीमा परेर एक हजार ४११ घरपरिवार प्रभावित भएका छन् ।

बाढीको २६३ घटना हुँदा २९ को मुत्यु भएको छ । बाढीमा परेर २३ बेपत्ता, १४ घाइते हुँदा एक हजार ८६१ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । यस्तै, ४६३ वटा पहिरोका घटना यसबीचमा भएका छन् । पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ भने ४१ घाइते भएका छन् ।

यसैगरी भारी वर्षाका मात्रै ३४० घटना यसबीचमा भएका छन् । त्यसमा परेर ६ जनाको ज्यान जाँदा १४ घाइते भएका छन् भने ८११ परिवार प्रभावित भएका छन् ।

सो अवधिमा २९० वटा चट्याङका घटना दर्ता भएका छन् । चट्याङमा परेर ३८ जनाको ज्यान गएको छ भने २१२ जना घाइते भएका छन् । यस्तै, ३५१ परिवार प्रभावित भएका छन् ।

सर्पदंशका ३०४ घटना भएका छन् । सर्पको डसाईबाट ७७ जनाको ज्यान गएको भने २३३ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार, वन डढेलोका १८५ घटनामा परेर दुई जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् । त्यस्तै, हावाहुरीमा २८४ घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् । हावाहुरीमा परेर ५४१ परिवार प्रभावित भएका छन् ।

जनावरको आक्रमणका २१७ घटना हुँदा २० जानको मृत्यु भएको छ । यस्तै, ८८ जना घाइते हुँदा ३६६ परिवार प्रभावित भएका छन् । विपदबाट जोगिन पूर्वसावधानी, सचेतना अभियान सञ्चालन गरिएको, पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित बनाइएको प्राधिकरणले जनाएको छ । (रासस)

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ६ : २४ बजे

लुटपाटमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ

‍‍‍ललितपुर– सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-२० कुहेनी

निर्जीवन बिमा : ९ महिनामा ३७ अर्बको व्यवसाय, शिखर सबैभन्दा अगाडि

काठमाडौं– निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिना अर्थात्

बच्चालाई नागरिकता दिलाउन नर्कजस्तो देशबाट नौ महिने गर्भवती अमेरिका आउँछन् : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशबाट गर्भवती महिलाहरु बच्चा

भृकुटीमण्डपमा फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रका

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न अनुरोध

वीरगञ्ज– वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको भवन