च्याङ्ग्रे ‘भ्यू’ टावरको डीपीआर सम्पन्न | Khabarhub Khabarhub

च्याङ्ग्रे ‘भ्यू’ टावरको डीपीआर सम्पन्न


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- पौवादुङ्मा गाउँपालिकामा च्याङ्ग्रे ‘भ्यू’ टावर निर्माणको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) सम्पन्न भएको छ ।

प्रसिद्ध धार्मिकस्थल सन्तानेश्वर मन्दिर र पर्यटकीय क्षेत्र अरुण डाँडालाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने कार्य अगाडि बढाइएको छ ।

गाउँपालिका उपाध्यक्ष सम्झना राईका अनुसार ती दुई गाउँपालिकामा निर्माण गर्न लागिएको पर्यटकीय संरचनाको डीपीआर पनि तयार भएको छ । उनका अनुसार च्याङ्ग्रे ‘भ्यू’ टावर निर्माणको लागि रु ९२ लाख, सन्तानेश्वर मन्दिर निर्माणको लागि रु दुई करोड सात लाख र अरुणमा भवन निर्र्माण तथा अन्य संरचना निर्माणको लागि रु चार करोड ५० लाखको लागत डीपीआर तयार भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

अध्यक्ष राईले भने, “गाउँपालिकाले यहाँको पर्यटकीय क्षेत्रको विकासका लागि काम बढाएको छ, त्यसका लागि तीन ठाउँको डीपीआर सम्पन्न गरिसकेका छौं ।’’

अध्यक्ष राईका अनुसार डीपीआर भएका सबै संरचनाको निर्माण कार्य तीन वर्षमा सक्ने लक्ष्य रहेको छ । गाउँपालिकाले तीन ओटै संरचनाको डीपीआरका लागि रु २० लाखका दरले रु ६० लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै गाउँपालिकाले पर्यटनसँगै खेल क्षेत्रका विकास गर्ने उद्देश्यले कबड हल निर्माण गरिसकेको छ भने अन्तर्राष्ट्रियस्तरको रङ्गशालासमेत निर्माण गरिहेको छ । त्यसका लागि रु एक करोड ३५ लाख लागतमा काम भइरहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ५ : ५३ बजे

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११