थारु सङ्ग्रहालय निर्माण शुरु | Khabarhub Khabarhub

थारु सङ्ग्रहालय निर्माण शुरु


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भम्कापानीमा थारु समुदायको थारु सङ्ग्रहालयको निर्माणकार्य शुरु गरिएको छ ।

थारु समुदायको संस्कृति, परम्परागत र पहिरन संरक्षण गर्ने उद्देश्यले वडाकार्यालयको सहयोगमा सङ्ग्रहालय निर्माण थालिएको हो ।

सङ्ग्रहालय स्थापनाले थारु समुदायको लोप हुन लागेको परम्परागत संस्कृतिको संरक्षण र पर्यटनमा प्रर्वद्धनमासमेत टेवा पुग्ने वडा कार्यालयले जनाएको छ । गत आर्थिक बीमा रु ५ लाख ७५ हजार लागतमा थारु सङ्ग्रहालयको दुई कोठे भवन निमार्ण शुरु गरिए पनि बजेट अभावका कारण निर्माण कार्यमा अवरोध भएको वडाध्यक्ष बहादुरसिंह महराले बताए ।

“सङ्ग्रालयमा थारु समुदायका परम्परागत पहिरन, संस्कृित झल्किने सामग्री राख्छौं।” वडाध्यक्ष महराले भने,“आगामी माघ महीनासम्म सङ्ग्रहालय स्थापना गरिसक्ने लक्ष्य छ ।”

उनले थारु समुदायको प्रमुख चाड माघी पर्वमा उद्घान गर्ने योजनासमेत रहेको बताए ।  शुक्लाफाँटा नगरपालिकामा रहेका अन्य पर्यटकीय क्षे, प्रसिद्ध मणिकाधाम क्षेत्र, बतासे झरना, मनमोहक वन जङ्गल तथा घाँसे मैदानलगायतका थुप्रै पर्यटकीयस्थलको प्रचारप्रसारमा जुट्न सके आर्थिक रुपले पनि लाभदायक हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ६ : ४९ बजे

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने