कांग्रेसका ६ भाइ फेरि जुटे चाक्सीबारीमा « Khabarhub

कांग्रेसका ६ भाइ फेरि जुटे चाक्सीबारीमा


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका ६ शीर्ष नेताहरू संवादका लागि फेरि सक्रिय भएका छन् ।

उनीहरू आइतबार बिहान नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा जुटेका हुन् ।

पूर्वपदाधिकारीसहितका यी नेताहरूले आगामी १५ औँ महाधिवेशनको सम्भावित रणनीतिबारे छलफल गरिरहेका छन् ।

उक्त छलफलमा पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि पनि सहभागी छन् ।

त्यसैगरी पूर्वमहामन्त्रीहरू सिंह, कृष्णप्रसाद सिटौला र कोइराला परिवारका डा. शशाङ्क कोइराला पनि छलफलमा सहभागी छन् ।

उक्त छलफलमा पूर्व-सहमहामन्त्री एवम् वर्तमान पार्टी प्रवक्ता डा. प्रकाशशरण महत पनि छलफलमा सहभागी छन् । महतले आइतबार मात्रै अस्पतालमा निको भइनसक्दै सभापति शेरबहादुर देउवामाथि आक्रमण गरिएको भन्दै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका थिए ।

सभापति देउवा पक्षीय मानिने यी नेताहरूबीच पार्टीको १५ औँ महाधिवेशनको रणनीति, जेन-जी आन्दोलनपछि कांग्रेसको परिदृश्य र सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तनबारे उठाएको मुद्दा पनि कुरा हुँदैछ ।

महामन्त्रीद्वयले कांग्रेसको विशेष महाधिवेशन र वर्तमान नेतृत्व परिवर्तनलाई लिएर उठाएको विषयमा उनीहरूले साझा मत बनाउने भएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १२ : ५२ बजे

क्यामेराबाट भागिरहेका रास्वपाका ‘सेलिब्रेटी’ नेता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको मिडियासँग सातो

इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर

म्याग्दी – म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम– २०५० सालमा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको

गाउँमा बाँदर निषेध गरे सुकुम्बासी समस्या आधाले निरुपण हुन्छ : अर्थशास्त्री हरि रोका

काठमाडौँ– अर्थशास्त्री हरि रोकाले सरकारलाई सहरमा सुकुम्बासी बस्न निषेध गर्नुभन्दा