कांग्रेसका ६ भाइ फेरि जुटे चाक्सीबारीमा | Khabarhub Khabarhub

कांग्रेसका ६ भाइ फेरि जुटे चाक्सीबारीमा


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका ६ शीर्ष नेताहरू संवादका लागि फेरि सक्रिय भएका छन् ।

उनीहरू आइतबार बिहान नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा जुटेका हुन् ।

पूर्वपदाधिकारीसहितका यी नेताहरूले आगामी १५ औँ महाधिवेशनको सम्भावित रणनीतिबारे छलफल गरिरहेका छन् ।

उक्त छलफलमा पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि पनि सहभागी छन् ।

त्यसैगरी पूर्वमहामन्त्रीहरू सिंह, कृष्णप्रसाद सिटौला र कोइराला परिवारका डा. शशाङ्क कोइराला पनि छलफलमा सहभागी छन् ।

उक्त छलफलमा पूर्व-सहमहामन्त्री एवम् वर्तमान पार्टी प्रवक्ता डा. प्रकाशशरण महत पनि छलफलमा सहभागी छन् । महतले आइतबार मात्रै अस्पतालमा निको भइनसक्दै सभापति शेरबहादुर देउवामाथि आक्रमण गरिएको भन्दै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका थिए ।

सभापति देउवा पक्षीय मानिने यी नेताहरूबीच पार्टीको १५ औँ महाधिवेशनको रणनीति, जेन-जी आन्दोलनपछि कांग्रेसको परिदृश्य र सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तनबारे उठाएको मुद्दा पनि कुरा हुँदैछ ।

महामन्त्रीद्वयले कांग्रेसको विशेष महाधिवेशन र वर्तमान नेतृत्व परिवर्तनलाई लिएर उठाएको विषयमा उनीहरूले साझा मत बनाउने भएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १२ : ५२ बजे

कानुन मन्त्री बन्दै सर्वोच्चका पूर्वन्यायाधीश सिन्हा

काठमाडौँ- सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा कानून, न्याय तथा संसदीय

स्वास्थ्य मन्त्री बन्दै डाक्टर संगीता कौशल मिश्रा

काठमाडौँ- डाक्टर संगीता कौशल मिश्रा स्वास्थ्य मन्त्री बन्ने भएकी छन्

मुस्ताङको कागबेनीमा तीर्थालुको आगमन घट्यो

मुस्ताङ– दिवङ्गत पितृ उद्धारका लागि प्रसिद्ध मानिएको यहाँको धार्मिक तीर्थस्थल

तुइन खोलाको पहिरो पन्छाएपछि एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

काठमाडौं– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरोका कारण