‘लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ’ « Khabarhub

‘लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ’


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतन्त्रको रक्षाका लागि पार्टी एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

उनले आइतबार आफ्नो निवासमा पत्रकार सम्मेलन गरी जेन-जीको प्रदर्शनका क्रममा घुसपैठ गर्ने केही समूहले लोकतान्त्रिक मूल्यमान्यताप्रति आक्रमण गर्न खोजेको आरोप लगाए  ।

‘संसद् नभए पनि हामीले यसको विरोध गरेका छैनौँ, तथापि यो संविधानसम्मत बाटोबाट अगाडि बढ्नुपर्छ, संसद् भएरै पनि यसलाई अझै संविधानसम्मत बनाउन सकिन्थ्यो, त्यसमा त्रुटि भएको छ,’ प्रवक्ता डा महतले भने ।

वर्तमान अवस्थाबारे पार्टीभित्र गम्भीर छलफल र बहस हुने उनले बताए । चाँडोभन्दा चाँडो लोकतान्त्रिक पद्धति र जन निर्वाचित सरकार जरुरी रहेको प्रवक्ता डा महतको भनाइ थियो । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन र व्यक्तिका घर तथा व्यवसायमा आगजनी गरिनु दुःखद र निन्दनीय कार्य भएको उनले बताए ।

‘लोकतन्त्र, नागरिक अधिकार र देशको प्रगतिमा ईश्या गर्ने शक्तिबाट यस्तो काम भएको छ, यसको घोर निन्दा गर्दछु,’ प्रवक्ता डा महतले भने । 

उनले राजनीतिक दलका सबै नेता भ्रष्ट हुन् भन्ने भाष्य गलत भएको बताए । लोकतन्त्र प्राप्तिको लडाइँमा लामो समय लड्ने व्यक्ति कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्तीमाथि भएको आक्रमणप्रति उनले दुःख व्यक्त गरे ।

उनले पछिल्लो घटना तथा पार्टीको महाधिवेशनका बारेमा सन्तुलित, संयमित र सघन रूपमा छलफल गरेर निष्कर्षमा पुगिने उल्लेख गरे ।  रासस

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  २ : ०६ बजे

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण