थानकोट प्रहरीको क्षतिग्रस्त भवन बनाउन पाँच लाख दिने दीपकको वचन « Khabarhub

थानकोट प्रहरीको क्षतिग्रस्त भवन बनाउन पाँच लाख दिने दीपकको वचन


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार तथा निर्माता दीपकराज गिरीले प्रहरी वृत थानकोटको भवन पुन:र्निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

जेन–जी आन्दोलनकारीले जलाएको प्रहरी भवन पुन:र्निर्माणका लागि उनले उक्त रकम सहयोग गर्ने वचन दिएको त्यहाँकी डीएसपी एलिजा गिरीले खबरहबलाई बताइन् ।

उनले भनिन्, ‘उहाँ (दीपकराज) आएर सहयोग गर्ने बचन दिनुभएको छ । उहाँबाट पैसा भने प्राप्त भएको छैन ।’

उनका अनुसार दीपकराजले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको भवन पूनर्निर्माणको काम जारी छ ।

दीपकराजले दिए प्रक्रिया पुर्‍याएर ग्रहण गर्ने आफूहरु तयार रहेको डीएसपी गिरीको भनाइ छ । उनी भन्छिन्, ‘उहाँले प्रतिबद्धता जनाएपछि पक्कै पूरा गर्नुहुन्छ होला । त्यसपछि हामी बाँकी प्रक्रिया सुरु गर्छौं ।’

दीपकराज शनिबार थानकोट पुगेर सहयोग गर्ने प्रतिबद्धता प्रकट गरेका हुन् । दीपकको पुर्ख्यौली घर थानकोट नै हो ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ३ : १६ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६