भ्रष्टाचार र नयाँ पेन्सन कानुनविरुद्ध पेरुमा आन्दोलन चर्कियो, लिमा शहरमा प्रहरीसँग झडप « Khabarhub

भ्रष्टाचार र नयाँ पेन्सन कानुनविरुद्ध पेरुमा आन्दोलन चर्कियो, लिमा शहरमा प्रहरीसँग झडप


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

लिमा– पेरुको राजधानी लिमा शहरमा शनिबार सरकारविरोधी प्रदर्शनमा सहभागी सयौँ प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ ।  प्रदर्शनकारीहरूले ढुङ्गा र लट्ठी प्रहार गर्दा प्रहरीले अश्रुग्यास प्रयोग गरेर भीड नियन्त्रणमा लिएको थियो ।

‘जेनेरेसन जेड’ नामक युवाहरूको समूहले आयोजना गरेको यो प्रदर्शन हाल देशमा फैलिँदो सङ्गठित अपराध, सार्वजनिक पदमा देखिएको भ्रष्टाचार र हालै पारित गरिएको पेन्सन सुधारसम्बन्धी कानुनको विरोधमा गरिएको हो ।

प्रदर्शनमा सहभागी ५४ वर्षीया ग्लाडिसले भने, ‘आजभन्दा पहिले देशमा बढी लोकतन्त्र थियो । अब स्थिति झन् बिग्रँदै गएको छ ।’
प्रदर्शनका क्रममा झण्डै पाँच सयजना मानिस लिमा शहरको केन्द्रमा भेला भएका थिए । प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि कार्यपालिका र संसद भवनतर्फ अगाडि बढ्ने प्रयास गर्दा स्थिति तनावपूर्ण बन्यो । त्यसपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको हो ।

प्रदर्शनमा सहभागी एक युवा सेलेन अमासिफुएनले भने, ‘संसदसँग जनताको कुनै विश्वास बाँकी छैन । अहिलेको संसदले देशमा अव्यवस्था मात्र फैलाएको छ ।’

स्थानीय रेडियो एक्सितोसाका अनुसार, झडपका क्रममा संस्थाका पत्रकार र क्यामेराम्यान पनि सुरक्षाकर्मीको छर्राबाट घाइते भएका छन् । प्रहरी प्रशासनका अनुसार, कम्तीमा तीन जना प्रहरी जवान पनि घाइते भएका छन् ।

हाल राष्ट्रपति पदमा रहेकी डिना बोलुआर्टेको लोकप्रियता घट्दो क्रममा छ । देशमा जबर्जस्ती असुली र अपराधका घटना बढ्दो रहँदा जनतामा सरकारप्रति असन्तुष्टि बढेको देखिएको छ । सर्वेक्षणहरूमा जनताको सरकार र संसदप्रति विश्वास कमजोर हुँदै गएको देखिएको छ ।

यसै साता संसदले पारित गरेको नयाँ कानुन अनुसार युवा वर्गलाई निजी पेन्सन कोषमा अनिवार्य रूपमा आबद्ध गराइने व्यवस्था गरिएको छ । तर, अस्थिर रोजगारीको वातावरणमा यस्तो व्यवस्था अन्यायपूर्ण भएको भन्दै आलोचना भइरहेको छ । रासस

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  २ : ४० बजे

पर्यटकको अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’

रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

काठमाडौँ – कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएको रायोको सागमा अत्यधिक

‘ओपीडी सेवा नखुम्च्याऔँ, नागरिकलाई आर्थिक बोझ नथपौँ’ : कांग्रेस महामन्त्री पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप

क्यामेराबाट भागिरहेका रास्वपाका ‘सेलिब्रेटी’ नेता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको मिडियासँग सातो