‘जनताको उद्धारमा देखिएन यातायात मन्त्री घिसिङको चमत्कार’ « Khabarhub

‘जनताको उद्धारमा देखिएन यातायात मन्त्री घिसिङको चमत्कार’


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काममा चमत्कारिक छवि बनाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले ४४ घण्टासम्म जनता सडकमा भोकैप्यासै अलपत्र पर्दा पनि उद्धारमा कुनै चमत्कार देखाउन नसेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताएका छन् ।

अध्यक्ष राईले जतना सडकमा बिचल्ली हुँदा मन्त्री घिसिङ भने भारतीय राजदूतसँग भेटघाटमा रमाइरहेको गुनासो गरेका छन् ।

मुग्लिङ-नारायणगढ सडकअन्तर्गत तुइन खोला पुलनजिक असोज ३ गते साँझ साढे ६ बजे खसेको पहिरो अझैसम्म पन्छाउन सकिएको छैन ।

सडक डिभिजन कार्यालय भरतपुरले कहिले दुइटा, कहिले पाँचवटा लोडर तथा एक्जाभेटरले पन्छाउन लागे पन सरकारले अन्य स्रोत परिचालन नगरेर जनताको समस्याप्रति बेवास्ता गरेको मजदुर नेता राईले दुखेसो गरे ।

सबै शक्ति प्रयोग गरेरै भएपनि पहिरो पन्छाउनु पर्ने माग गर्दै आइरहेको संगठनले भरतपुरदेखि नागढुङ्गा सडकखण्डमा करिब ३५ हजार सवारी साधनमा करिब ८० हजार यातायात मजदुर र करिव ५ लाख यात्रु तीनदिनदेखि अलपत्र परेको उनले बताए ।

सडक डिभिजन कार्यालय भरतपुरको ५ वटा लोडर र एक्जाभेटरबाट मात्रै पहिरो पन्छाउन पर्याप्त नहुने उनले बताएका छन् ।

जनता सडकमा भोकभोकै फसिरहेको बेला मन्त्री घिसिङ भने भारतीय राजदूतसँग भेटघाटमा मस्त हुनु जनताप्रति सरकार उदाशीन रहेको अध्यक्ष राईले बताए ।

यतिबेला मन्त्रीले सरोकारवालालाई छलफलमा बोलाएर तत्काल सडकको पहिरो पन्छाई यातायात सुचारु गर्नुपर्नेमा विदेशीसँग भेटघाटमा व्यस्त हुनु गैरजिम्मेवारी रहेको नेता राईले बताए ।

असोज ३ गतेदेखि मुग्लिङ भरतपुर ३६ किलो मिटर र मुग्लिङ नागढुङ्गा करिब सय किलोमिटर सडक पूर्ण रुपमा जाम छ । काठमाण्डौंबाट धनगढी हिँडेका ललित चन्द तीनदिनदेखि देखि सडकमै छन् ।

उनी रमाइलो डाँडाबाट ७ घण्टा हिँडेर तुइन खोला पुगेका छन् । उनका अनुसार बाटोभरी हजारौँ यात्रुहरु अलपत्र छन् । सबैभन्दा बढी महिला, बालबालिका, बृद्धबृद्धा र बिरामी मारमा परेका छन् ।

कतिपय यात्रु खर्चविहीन अवस्थामा छन् । कतिपय ठाउँमा सडक एकतर्फी जान सक्ने स्थानमा पनि प्रशासनले रोकपछि विभिन्न स्थानमा विवाद भएको छ ।

प्रहरी-प्रशासनको रुखो बोलीले यात्रुहरु झन प्रताडित हुनु परेको चन्दले बताए । ‘पानी खान पाइएको छैन, खाना खान पाइएको छैन अलिकति भएपनि अगाडि जान पाए हुन्थ्यो’, उनले भने, ‘बजार आसपास पुग्नु पाए हुन्थ्यो भन्ने यात्रुलाई छ ।’

पहिरो पन्छाउन नसकेपछि कतिपय यात्रु पैदलै सुरक्षित स्थानतर्फ हिँडेका छन् । सरकारले पहिरो पन्छाइदेला र गन्तव्यतर्फ जाँउला भन्ने आसले अलपत्र यात्रु घण्टौँ हिँडेर सुरक्षित स्थानतिर लागेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  २ : ३९ बजे

क्यामेराबाट भागिरहेका रास्वपाका ‘सेलिब्रेटी’ नेता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको मिडियासँग सातो

इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर

म्याग्दी – म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम– २०५० सालमा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको

गाउँमा बाँदर निषेध गरे सुकुम्बासी समस्या आधाले निरुपण हुन्छ : अर्थशास्त्री हरि रोका

काठमाडौँ– अर्थशास्त्री हरि रोकाले सरकारलाई सहरमा सुकुम्बासी बस्न निषेध गर्नुभन्दा