दशैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै « Khabarhub

दशैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बैतडी– हिन्दु नेपालीहरूको मुख्य चाड बडादशैँ नजिकएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएका नेपाली घर फर्कन थालेका छन् । बैतडीसहित सुदूरपश्चिमका विभिन्न नाकाबाट रोजगारीका लागि गएकाहरू स्वदेश फर्कन थालेका हुन् । 

बैतडीसहित सुदूरपश्चिमका विभिन्न नाकाबाट स्वदेश फर्कनेको सङ्ख्या बढेसँगै सवारीसाधनमा यात्रुको घुइँचो बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाटबाट घर फर्कने नेपालीको सङ्ख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । उनका अनुसार मौसमी रोजगारीका लागि सीमावर्ती भारतीय क्षेत्रमा गएका नेपालीहरू चाडपर्वका लागि घर फर्कन थालेका छन् । 

झुलाघाट नाकाबाट पछिल्ला केही दिनयता दैनिक ७०-८० जना स्वदेश फर्किरहेका इलाका प्रहरी कार्यालय झुलाघाटका प्रमुख एवं वरिष्ठ प्रहरी नायब निरीक्षक गङ्गाराम टमाटाले बताए । यसअघि यो सङ्ख्या दैनिक १०-१५ जनासम्म थियो । 

भारतसहित रोजगारीका लागि बिदेसिएकाहरू स्वदेश फर्कन थालेका जनाइएको छ । बिसुपर्व मनाएर रोजगारीका लागि भारत पसेकाहरू दसैँका लागि उक्त नाका भएर फर्कने गरेका वरिष्ठ प्रहरी नायब निरीक्षक टमाटाको भनाइ छ ।

उनका अनुसार दसैँको समयमा सुदूरपश्चिममा कुलदेवताको पूजाआजा हुने, जात्रा, मेला हुने भएकाले आफ्नै गाउँघर फर्कने गर्दछन् ।

कैलालीको त्रिनगर, कञ्चपुरको गड्डाचौकी, दार्चुलाको पुलघाट नाकाबाट दिनहुँ स्वदेश भित्रिने क्रम बढ्दै गएको जनाइएको छ । दसैँ, तिहारलाई लक्षित गर्दै सुरक्षा योजनालाई थप व्यवस्थित बनाइएको प्रहरी प्रवक्ता बडूले बताए ।

उनले भने, ‘सुरक्षा योजना बनाएर काम गरिरहेका छौँ । सीमा क्षेत्र, राजमार्ग, मुख्य बजारमा सहायता कक्ष स्थापनाको तयारी भइरहेको छ ।’ 
 

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ३ : ३५ बजे

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ