प्रधानमन्त्रीले भनिन्- जेन-जी आन्दोलनमा क्षति बेहोरेको निजी क्षेत्रलाई सहयोग गर्छु « Khabarhub

प्रधानमन्त्रीले भनिन्- जेन-जी आन्दोलनमा क्षति बेहोरेको निजी क्षेत्रलाई सहयोग गर्छु


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको तोडफोड तथा आगजनीका घटनाप्रति दुख व्यक्त गर्दै निजी क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । 

आइतबार सिंहदरबारमा उद्योगी व्यवसायी संघ संस्थाका साथै औद्योगिक घरानाका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले आफू सदैव निजी क्षेत्रको साथमा रहेको भन्दै पुनरुत्थानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन् । 

छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले आन्दोलनका क्रममा भएको क्षतिका बारेमा जानकारी गराएका थिए । उनीहरूले सम्मानित रूपमा काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षाको अपेक्षा सरकारसँग रहेको धारणा राखेका थिए ।

साथै उनीहरूले करिब ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आङ्कलन रहेको समेत जनाएका थिए । छलफलका क्रममा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकर लगायतमा छुट प्रदान गर्न पनि आग्रह गरिएको थियो । 

निजी क्षेत्रले राखेका सुझाव र मागमा प्रधानमन्त्रीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिए । सरकारको प्रतिविद्धताबाट निजी क्षेत्र निकै आशावादी रहेको उनको भनाइ छ ।

छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति बेहोरेको हुँदा दोषी माथि कारबाही हुनुपर्ने माग गरेका छन् । 

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ३ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै