भाटभटेनी सुपरमार्केट पुनर्निर्माणमा सघाउने अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको प्रस्ताव | Khabarhub Khabarhub

भाटभटेनी सुपरमार्केट पुनर्निर्माणमा सघाउने अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको प्रस्ताव


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालले जेन-जी आन्दोलनकारीले तोडफोड र आगजनी गरेर क्षति पुर्‍याएको भाटभटेनी सुपरमार्केटको पुनर्निर्माणमा सहयोग गर्ने प्रस्ताव गरेको छ।

आइतबार क्षतिग्रस्त बालुवाटारस्थित भाटभटेनीको गोदाममा भएको भेटमा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपाल (आईसीसी नेपाल ) का अध्यक्ष राजेशकाजी श्रेष्ठले भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङलाई नेपालमै उत्पादन हुने छड, सिमेन्ट, टायल, रंग–रोगनलगायत निर्माण सामग्री फ्याक्ट्री मूल्यमा उपलब्ध गराउन व्यवसायीहरुसँग पहल गर्ने आश्वासन दिएका थिए।

श्रेष्ठले यस्तो विपद्‌मा उद्योग–व्यवसायले आ–आफ्नो उत्पादनमार्फत सहयोग गर्नुपर्ने र उदारता देखाउनु पर्ने समय आएको बताए। ‘दुखद समयमा सहयोग गर्ने हाम्रो परम्परा भएकाले सबै व्यवसायीले साथ दिनुपर्छ,’ उनले भने।

त्यस्तै उनले बैंक तथा बीमा कम्पनीलाई पनि भाटभटेनीको पुनर्निर्माणका लागि बीमाको सेटलमेन्ट र आवश्यक वित्तीय प्रक्रिया छिटो सम्पन्न गर्न आग्रह गरे।

भेटमा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति थियो।

गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केट तोडफोड, लुटपाट र आगजनीमा परेको थियो।

मुलुकभर रहेका २८ शाखामध्ये १२ वटा शाखामा भएको तोडफोड, डकैती र आगजनीका कारण करिब ५० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

यति ठूलो क्षति हुँदाहुँदै पनि अध्यक्ष मीनबहादुर गुरुङले आफ्नो सपना र संकल्पमा कुनै धक्का नलागेको बताएका छन्।

बरू अझ बलियो भएर उठ्ने अठोट व्यक्त गर्दै उनले भाटभटेनीले १९८४ सालदेखि निरन्तर उपभोक्ता, समाज र मुलुककै हितमा योगदान दिँदै आएको स्मरण गराए।

भाटभटेनीले वार्षिक १८ अर्ब रुपैयाँभन्दा बढी राजस्व तिर्दै आएको छ भने १० हजारभन्दा बढीलाई रोजगारी सिर्जना गरेको छ। यसअघि पनि सुपरमार्केटले टिचिङ अस्पताललाई साढे ९ करोडको भवन उपहार, डा. भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन बाल अस्पताललाई ४१ करोड सहयोग र बाढी–पहिरो पीडितलाई १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको थियो।

करदाता सम्मानमा भाटभटेनी तीनपटकसम्म देशकै सर्वाधिक करदाताको हैसियतमा सम्मानित भइसकेको छ।

नेपालकै सबैभन्दा ठूलो र अग्रणी सुपरमार्केट सञ्जालका रूपमा भाटभटेनीले राजधानी काठमाडौँ मात्रै नभई प्रमुख सहरहरूमा आफ्ना शाखा विस्तार गर्दै उपभोक्ताको विश्वासलाई निरन्तरता दिँदै आएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ८ : २६ बजे

निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास

काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौं – सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना