एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित, अभिषेकको सानदार ब्याटिङ | Khabarhub Khabarhub

एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित, अभिषेकको सानदार ब्याटिङ


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपको सुपर फोरमा भारतसँग पाकिस्तान पराजित भएको छ । गएराति यूएईमा भएको खेलमा पाकिस्तान ६ विकेटले पराजित भएको हो ।

सुरुमा ब्याटिङ गरेको पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले ७ बल बाँकी हुँदा चार विकेटको क्षतिमा हुँदा १७४ रन बनाउँदै पूरा गरेको हो । एसिया कपमा पाकिस्तान भारतसँग यो दोस्रो पटक पराजित भएको हो । यसअघि समूह चरणको खेलमासमेत पाकिस्तान भारतसँगै पराजित भएको थियो ।
आइतबार रातिको खेलमा भारतका लागि अभिषेक शर्माले सानदार अर्धशतकीय इनिङ खेले । ३९ बलको सामना गरेका उनले ६ चौका र पाँच छक्काको मद्दतमा ७४ रन बनाएका हुन् ।

उसका लागि शुभमन गिलले ४७ रन जोड्दा तिलक बर्माले ३० र सञ्जु श्यामसनले १३ रन थपे । भारतविरुद्ध पाकिस्तानका हरिस राउफले दुई विकेट हात पार्दा अब्राहम र फहम आस्रपले एकएक विकेट लिए ।

सुरुमा ब्याटिङ गरेको पाकिस्तानले पूरै २० ओभर खेल्दा पाँच विकेटको क्षतिमा १७१ रन बनाएको हो । पाकिस्तानका लागि साहिबजादा फरहानले अर्धशतक बनाए । ४५ बलको सामना गरेका उनले पाँच चौका र तीन छक्काको मद्दतमा ५८ रन जोडेका हुन् । उसका लागि सायम अउब र मोहमद नवाजले समान २१–२१ रन थपे ।

भारतको बलिङतर्फ चार ओभर बलिङ गरेका जसप्रित बुम्राह विकेटबिहीन बने । उसका लागि शिभव दुवेले दुई विकेट हात पार्दा कुलदीप यादव र हार्दिक पाण्ड्याले एकएक विकेट लिए । यो जितसँगै भारत सुपर फोरमा दुई अंक जोडेको छ ।
सुपर फोरको अघिल्लो खेलमा बंगलादेशले श्रीलंकालाई हराउँदै दुई अंक जोडेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ६ : १३ बजे

११ अंकले घट्यो नेप्से, १६५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२९ अंकले घटेको छ

राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शाक्यले गरे पदभार ग्रहण  

काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित

‘सुशासनसहित निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाइने छ’

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय, धनुषाले आगामी फागुन २१ गते हुने

पहाडको फेदीबाट हेर्दा अनौठो ‘स्काई केभ’

म्याग्दी–  सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल ।