प्रदेश सरकारको सहयोगमा होमस्टे स्थापना « Khabarhub

प्रदेश सरकारको सहयोगमा होमस्टे स्थापना


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–१० मा घरबास (होमस्टे) स्थापना गरिएको छ ।

गण्डकी प्रदेश सरकारको घरबास अनुदान सहयोग र स्थानीयको सक्रियतामा थारु समुदायको बसोबास रहेको चिलाहा रतौल क्षेत्रका १३ घरमा घरबास स्थापना गरिएको हो ।

यसका लागि गण्डकी प्रदेश सरकारले १५ लाख अनुदान सहयोग उपलब्ध गराएको कावासोती नगरपालिका वडा नं १० का वडाध्यक्ष टेकनारायण महतोले बताए । प्रदेश सरकारको लागतमा सांस्कृतिक भवन निर्माण गरिएको छ । तेह्र वटा घरमा स्थापना गरिएको घरबासमा १०४ जनासम्म एकैपटक बस्नसक्ने वडाध्यक्ष महतोले बताए ।

चिलाहा रतौल सामुदायिक ग्रामीण घरबासका रुपमा थारु समुदायले घरबास स्थापना गरेका हुन् । मध्यवर्ती क्षेत्र भएकाले यहाँ वन्यजन्तु अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । यहाँ आउने पर्यटकलाई लक्षित गरी घरबास स्थापना गरिएको उनले बताए ।

घरबासका माध्यमबाट यस क्षेत्रका समुदायको आर्थिक विकासमा सहयोग पुग्ने वडा अध्यक्ष महतोले बताए। घरबासमा मुख्य गरेर थारु परिकार, थारु नृत्यका साथै थारु संस्कृति प्रमुख आकर्षण रहने उनले बताए । घरबासमा आउने पाहुनाले जङ्गल सफारी, डुङ्गा सयरको आनन्द लिन पाउने वडाध्यक्ष महतोले बताए ।

घरबासको यही असोज ३० गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ । योसँगै नवलपुरमा सञ्चालित घरबासको सङ्ख्या सात पुग्ने भएको छ ।

यसअघि नवलपुरको अमलटारी, पिप्रहर, ल्हापे, पोखरी, डेढगाउँ, बघुवनमा घरबास सञ्चालन भइसकेका छन् । कावासोतीमा नै थप दुई वटा घरबास सञ्चालनको तयारी गरिएको छ ।

लामिचौर, अमलटारी घरबास सञ्चालनका लागि पूर्वाधार निर्माणको काम चलिरहेको छ । मध्यबिन्दुको रतनपुर, सेहरीमा समेत घरबास सञ्चालनको तयारी गरिएको छ । यहाँ रहेका घरबासमा धेरैजसो आन्तरिक पर्यटक आउने गरेका छन् ।

जिल्ला सञ्चालित घरबास विभिन्न समुदायका रहेका छन् । थारु, मगर, गुरुङ र दराई समुदायद्वारा सञ्चालित घरबासमा समुदायअनुसारका संस्कृति प्रदर्शनी, रहनसहन, सोही समुदायका खानाका परिकार पर्यटकका लागि आकर्षक हुने गर्दछन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ९ : १३ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर