हिलो छिचोल्दै अरनिको राजमार्ग निरीक्षणमा पुगे कुलमान (तस्बिरहरू)
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दुई महिनादेखि अवरुद्ध अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–तातोपानी सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् ।

यो सडक पहिरोका कारण लामो समयदेखि अवरुद्ध छ । सडक अवरुद्ध हुँदा चीनबाट नेपालतर्फ आएका हजार बढी कन्टेनर अलपत्र छन् ।
दसैँ, तिहार र छठका लागि चीनबाट ल्याइएका सामान समयमा आइपुग्ने सम्भावना कम भइरहेका बेला मन्त्री घिसिङ हिलो छिचोल्दै अनुगमनका लागि पुगेका हुन् ।
दुई महिनापछि खुल्यो अरनिको राजमार्ग, आउन थाले तातोपानी नाकामा रोकिएका कन्टेनर
अख्तियारमा ३७ हजार २६ उजुरी दर्ता, छ अर्ब बढीको बिगो माग दाबी
कृषि मन्त्रीको वाचा : अब मलको अभाव समाधान गर्छु
कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएपछि सोमबार मन्त्रालय पुगेर मन्त्री परियारले पदभार ग्रहण गरे ।
पदभार ग्रहण गर्दै मन्त्री परियारले हरेक वर्ष देखिने मलको अभाव हुने समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै उनले फागुन २१ गते निर्वाचन गर्ने सरकारको अठोट रहेकाले त्यसलाई पूरा गर्न ध्यान केन्द्रित गर्ने बताएका छन् ।
नेपाल टेलिकमले ल्यायो दशैँ तिहार अफर, यस्ता छन् छुट र अफ
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
अमेरिकाले सरकारसँग माग्यो एमसीसी कार्यान्वयन गर्ने थप प्रतिबद्धता
अमेरिकी राजदूत डीन.आर. थम्पसनले सोमबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर थम्पसनले खनालसँगको छलफलमा मिलेनियम च्यालेन्ज कोअर्पोरेशन (एमसीसी) कार्यान्वयनमा थप प्रतिबद्धता खोजेका छन् ।
भेटमा अर्थमन्त्री खनाल र अमेरिकी राजदूत थम्पसनबीच भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि परिवर्तित अवस्था र अमेरिकाले गर्न सक्ने सहयोगबारे छलफल भएको थियो ।
डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुख एक लाख घुससहित पक्राउ
प्रतिक्रिया