शिक्षा मन्त्रीले बनाए अन्तरिक्ष, न्यूक्लियर, बायोटेक्नोलोजी र सूचना प्रविधि-एआईसम्बन्धी सल्लाहकार समिति « Khabarhub

शिक्षा मन्त्रीले बनाए अन्तरिक्ष, न्यूक्लियर, बायोटेक्नोलोजी र सूचना प्रविधि-एआईसम्बन्धी सल्लाहकार समिति


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गर्दै चारवटा सल्लाहकार समिति बनाएका छन् ।

राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित मन्त्रालयमा पुगेर मन्त्री पुनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चारवटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे ।

अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गरिएको मन्त्री पुनले बताए ।

उनले समिति बनाएर निष्क्रिय हुने अवस्थाको अन्त्य गर्दै समितिलाई प्रभावकारी रुपमा काम गर्ने वातावरण निर्माण गरिने धारणा राखे।

मन्त्री पुनले शिक्षा ऐनका बारेमा विज्ञहरूसँग छलफल र परामर्श गर्ने जानकारी दिए। विभिन्न क्षेत्रमा देखिएका कुशासन, भ्रष्टाचार अन्त्य गर्न पहल गर्ने उनको भनाइ छ ।

त्यस्तै पुनले मन्त्री क्वाटरमा भन्दा पनि मन्त्रालयमा नै बस्ने व्यवस्था मिलाउन सचिवलाई निर्देशन दिए ।

मन्त्री भएपछि आफूले आविष्किार केन्द्रबाट राजीनामा दिएको उनले बताए । मन्त्री पुनले ६ महिनामा धेरै नसके पनि प्रभावकारी काम गर्ने बताए ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ६ : ०३ बजे

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मस्को – मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा