‘कबीर सिंह’ गर्ल कियाराको ट्वीटर खाता ह्याक, फ्यानलाई यस्तो आग्रह « Khabarhub

‘कबीर सिंह’ गर्ल कियाराको ट्वीटर खाता ह्याक, फ्यानलाई यस्तो आग्रह


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ‘कबीर सिंह’ गर्ल कियारा आडवाणीको ट्वीटर एकाउन्ट ह्याक भएको छ । कियाराले आफ्नो ट्वीटर खाता ह्याक भएका कारण फ्यानलाई सावधानी हुन भन्दै इन्स्टाग्राममा एक पोस्ट गरेकी छिन् ।

‘मेरो ट्वीटर एकाउन्ट ह्याक भएको छ, हामी यसलाई फर्काउने प्रयासमा छौँ, पोस्ट भएका अनावश्यक ट्वीटलाई ख्याल गर्नुहोला,’ उनले लेखेकी छिन् ।

यसको केही घण्टापछि कियाराले फेरि अर्को पोस्ट गर्दै उनको ट्वीट एकाउन्टबाट पठाइएको कुनै पनि लिंक क्लिक नगर्न आग्रह गरेकी छिन् ।
उनका अनुसार एकाउन्ट अझै पनि ह्याक छ । र, उनले कुनै पनि लिंक पठाएकी छैनिन् ।

चलचित्र ‘कबीर सिंह’ मा शाहिद कपूरको अपोजिटमा देखिएकी कियारा उक्त फिल्मपछि चर्चामा छिन् । यसअघि शाहिद कपूरको पनि एकाउन्ट ह्याक भएको थियो । यस्तै केही समयअघि बलिउड अभिनेता अमिताभ बच्चन र गायक अदनान सामीको एकाउन्ट पनि ह्याक भएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ११ : ०८ बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ