सिन्धुपाल्चोकमा बस दुर्घटना – ७ जनाको मृत्यु, ६० घाइते « Khabarhub

सिन्धुपाल्चोकमा बस दुर्घटना – ७ जनाको मृत्यु, ६० घाइते


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० र ११ को सीमा क्षेत्र शिवटारबाट काठमाडौं जाँदै गरेको बा २ ख २७१५ नम्बरको  बस  इन्द्रावती गाउँपालिकाअन्तर्गतको भीमटार नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा कम्तिमा ७  जना यात्रुको मृत्यु भएको खबर प्राप्त भएको प्रहरी चौकी भीमटारका इन्चार्ज प्रहरी सहायक निरीक्षक परशुराम साहले खबरहबलाई जानकारी दिए ।

दुर्घटनामा ६० जना घाइते भएका छन् । बसमा ८० भन्दा बढी यात्रु सवार रहेको उनले जानकारी दिए ।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, इलाका प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी खटिएका छन् ।

 

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ११ : ०८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना