घुमुवा प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने युवक पक्राउ « Khabarhub

घुमुवा प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने युवक पक्राउ


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- आफू नेपाल प्रहरी प्रदेश नं. २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी गाउँका बौएलाल मण्डलको २८ वर्षीय छोरा जयप्रकाश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

उनका अनुसार, युवक मण्डलले जिल्लाको पूर्वी दक्षिणी सीमा क्षेत्रमा अवस्थित मटिहानी नगरपालिकाका व्यापारीलाई आफू नेपाल प्रहरीको घुमुवा प्रहरी रहेको भन्दै धम्क्याउने, तर्साउने र उनीहरुसँग रकमसमेत असुल्ने कार्य गर्दै आएको थियो ।

प्राप्त गोप्य सूचनाका आधारमा व्यापारीसँग रकम असुली गरिरहेकैबेला उनलाई पक्राउ गरिएको हो । पक्राउ गरिएका मण्डललाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १२ : ०१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना