ला लिगा : रियल म्याड्रिडको सानदार जितमा एम्बाप्पेको दुई गोल | Khabarhub Khabarhub

ला लिगा : रियल म्याड्रिडको सानदार जितमा एम्बाप्पेको दुई गोल


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित निकालेको छ । बुधबार बिहान सकिएको खेलमा रियलले लेभान्टेमाथि ४–१ को जित निकालेको हो ।

रियलको जितमा खेलको २८ औं मिनेटमा भिनिसियस जुनिरयले गोल गर्दै सुरुवाती अग्रता दिलाए । ३८ औं मिनेटमा फ्रान्को मास्टान्टुआनोले अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० ले अग्रता लिएको रियलविरुद्ध दोस्रो हाफमा लेभान्टाले एक गोल फर्कायो । उसका लागि एट्टा इयोङले ५४ मिनेटमा एक गोल फर्काएका हुन्।

त्यसपछि भने लगातार खेल रियलको नियन्त्रमा गयो । खेलको ६४ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टी गोल थपे भने ६६ औं मिनेटमा अर्को गोल गरे । दुई मिनेटको अन्तरमा एमबाप्पेले दुई गोल गर्दै ४–१ को शानदार जित निकालेका हुन् । लगातारको जितसँगैरियल शीर्ष स्थानमा कायम छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ६ : २० बजे

सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने

काठमाडौं– सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने भएको छ

ललितपुर–मकवानपुर–सिन्धुली सडकमा चाडपर्वलक्षित सवारी व्यवस्थापन

ललितपुर– चाडपर्वमा हुने भीडभाडलाई लक्षित गर्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले

काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १० यात्रु घाइते

काठमाडौं – काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना भएको

प्रभावकारी सेवाका लागि दरबन्दी मिलान गरिने

काठमाडौं– सरकारले कार्यबोझ बढी भएका निकायमा प्रभावकारी सेवा उपलब्ध गराउने

वीरगञ्ज नाका हुँदै दुई महिनामा सात अर्बका सवारीसाधन भित्रिए

पर्सा– चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट सात