सीको स्वागतका लागि १८ प्रकारका तरकारी र फलफूलबाट बनेको स्वागतद्वार तयार « Khabarhub

सीको स्वागतका लागि १८ प्रकारका तरकारी र फलफूलबाट बनेको स्वागतद्वार तयार


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिखर बैठकका लागि आज भारत जाँदैछन् ।

उनी स्थानीय समय अनुसार दिउँसो दुई बजे चेन्नाइमा अवतरण गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सीको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विहान चेन्नाइ पुगेका छन् ।

चेन्नाइको नजिक ममल्लापुरममा मोदी–सीबीच शिखर बैठक हुने तय भएको छ ।

मोदीसँगको शिखर बैठक सकिएपछि सी नेपाल भ्रमणका लागि आउने छन् । सी शनिवार नेपाल आउने छन् ।

सी को स्वागतका लागि फलफूगको गेट

भारत भ्रमणमा आउने भएसँगै सीको स्वागतका लागि भव्य तयारी गरिएको छ । ठाउँठाउँमा पार्कहरु निर्माण गरिएका छन् ।

यस्तै तामिलनाडुको बागवानीले सीको स्वागतका लागि तरकारी र फलफूलले बनेको विशेष प्रकारको गेट नै निर्माण गरेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार करिब २०० कर्मचारीले १० घन्टा लगाएर फलफूल र तरकारीले बनेको गेट निर्माण गरेका हुन् ।

जहाँ १८ किसिमको फलपूलको प्रयोग गरिएको छ ।

उक्त फलफूल र तरकारी प्रदेशका विभिन्न भागबाट ल्याइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १२ : ४३ बजे

‘आधा जिन्दगी’ गीतको पूर्ण जीवनदर्शन

एस्पी कोइराला नेपाली सुगम सङ्गीत तथा गीति-साहित्यको क्षेत्रमा एक परिचित

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ– नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका सम्पन्न

‘निम्स दाइको साहस अमर रहनेछ’

काठमाडौँ – पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो

पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध : मेची राजमार्ग ठप्प

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त