सार्वजनिकस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्न जुट्यो प्राधिकरण | Khabarhub Khabarhub

सार्वजनिकस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्न जुट्यो प्राधिकरण


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंसहित देशका विभिन्न दश सहरमा निःशुल्क वाइफाइ उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरण तयारीमा जुटेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबहालीका अवसरमा गर्नुभएको पहिलो निर्णय कार्यान्वयनका लागि प्राधिकरण जुटेको हो ।

काठमाडौँमा दुई महिनाभित्र र देशभरका दश सहरमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ विस्तार गर्न सेवा प्रदायकहरूसँग छलफल गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका उपनिर्देशक एवं सहायक प्रवक्ता प्रदीप पौड्यालले मन्त्रीको निर्देशनलाई निर्धारित समयभित्र कार्यान्वयन गर्न आवश्यक रणनीति बनाउन थालिएको बताए ।

इन्टरनेट सेवाप्रदायकमार्फत निःशुल्क वाइफाइ विस्तार गरिने भएकाले उनीहरूसँगको छलफलबाट प्राप्त प्रतिक्रिया र सुझावपछि थप काम अघि बढाइने उनले उल्लेख गरे । सहायक प्रवक्ता पौड्यालका अनुसार निःशुल्क वाइफाइका लागि नयाँ स्थानको चयन, उपलब्ध भइरहेका स्थानमा गुणस्तरीयता बढाउने, डेटा सुरक्षा, डेटा कति मात्रामा कति समयसम्म निशुल्क उपलब्ध गराउनेलगायत विषय समटेर रणनीति बनाइनेछ ।

“लागतको हकमा अलिकति समस्या हुनसक्छ । हाम्रो बजेट पहिला नै स्वीकृत भइसकेको छ । अहिले नयाँ कार्यक्रम ल्याएर तत्काल कार्यान्वयन गर्नुपर्ने भएकाले कार्यान्वयन ‘मोडालिटी’ कस्तो बनाउने भन्ने विषयमा छलफलको चरणमा छौँ”, उनले भने, “सेवा प्रदायकबाट कस्तो प्रतिक्रिया आउँछ, त्यो बुझेर कार्यान्वयनका लागि रणनीति बनाएर अघि बढ्छौँ ।”

प्राधिकरणले वाइफाइ ‘हटस्पट’ सञ्चालनसम्बन्धी विनियमावली, २०७५ अनुसार उक्त रणनीति बनाएर कार्यान्वयन गर्ने जनाएको छ । प्राधिकरणलाई तोकिएको समयसीमाका कारण तत्काल काठमाडौँबाट सेवा सुरु गर्नुपर्ने हतार रहेको सहायक प्रवक्ता पौड्यालले बताए ।

“सबै सेवा प्रदायक, मुख्यत हटस्पट सेवा दिइरहेकालाई प्राधिकरणले अघि बढाउन खाजेको छ”, उनले भने , “बजारमा ठूलो शेयर हिंसा भएका सेवा प्रदायकहरू मोबाइल सेवा प्रदायकदेखि एनसेल, नेपाल दूरसञ्चार र आइएसपीका ठूला अपरेटरहरूसँग सहकार्य गर्दैछौँ ।”

सञ्चारमन्त्रीको निर्देशन कार्यान्वयन गर्नका लागि वाइफाइको ‘कभरेज’ विस्तार गर्न समस्या नभएको उल्लेख गर्दै उहाँले हटस्पट र मोबिलिटी फरक विषय भएको स्पष्ट पारे ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ८ : २५ बजे

कृष्ण भुसालको निर्देशनमा महाकाव्यकार दाहालको ‘लालीगुराँसको साटो’ सार्वजनिक

काठमाडौं – ‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा

कारागारबाट भागेकामध्ये एकैदिन ६२८ कैदीबन्दी फर्किए

काठमाडौं – गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका

तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन नेतालाई राजनीतिमा बन्देज लगाउन रास्वपाको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनमा दमन गर्ने

गृह मन्त्रालय तानिए काठमाडौंका सीडीओ रिजाल

काठमाडौं – जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका काठमाडौंका प्रमुख जिल्ला

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते

गुल्मी – गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्