गुल्मीमा चट्याङ लागेर तीन जना घाइते « Khabarhub

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन् । चट्याङका कारण जिल्लामा तीनवटा गोरुसमेत मरेका छन् । आज अचानक मौसममा आएको परिवर्तनसँगै जिल्लामा चट्याङले क्षति पुर्‍याएको हो ।

चट्याङका कारण जिल्लाको इस्मा गाउँपालिका(४ दोहोलीकी ४६ वर्षीया निर्मला खत्री, इस्मा(५ बेसारीकी २५ वर्षीया कालीका खत्री र धुर्कोट गाउँपालिका(७ वाग्ला धरमपानीका ५८ वर्षीय कृष्णप्रसाद पन्थी घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।

घाइतेमध्ये खत्रीद्वयको घरमै बसिरहेको अवस्थामा र पन्थीको मकै केलाउने क्रममा घरको आँगनमा चट्याङ परेर लागि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरू तीनै जनाको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

चट्याङका कारण मालिका गाउँपालिका ४ खामदेशस्थित सामुदायिक वनमा दुर्गाप्रसाद अर्याल र चिरञ्जीवी अर्यालका तीन वटा गोरुसमेत मरेका अर्खाबाङ् प्रहरी चौकीले जनाएको छ ।

त्यसैगरी मदाने गाउँपालिका(३ सिर्सेनी काफलपाटाका ३६ वर्षीय डोरबहादुर विक सर्पको टोकाइबाट घाइते भएको छ । बारीमा घाँस काट्ने क्रममा विकलाई आज दिउँसो सर्पले टोकेको हो ।

उनको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सारुले जानकारी दिए । यसैबीच, प्रशासनले वर्षात्को समयमा सर्वसाधारणलाई विपद्बाट हुनसक्ने जोखिमबाट सुरक्षित र सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ९ : ५२ बजे

बालेनको ककपिटमा नअटाएका रवि !

दुई दाजुभाइ नदी किनारमा घुम्न गएछन् । घुम्दै जाँदा झुक्किएर

हेटौँडा कपडा उद्योग चलाउनु राजनीतिक नाटक मात्रै हो : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ठोस र

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु