गुल्मीमा चट्याङ लागेर तीन जना घाइते | Khabarhub Khabarhub

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन् । चट्याङका कारण जिल्लामा तीनवटा गोरुसमेत मरेका छन् । आज अचानक मौसममा आएको परिवर्तनसँगै जिल्लामा चट्याङले क्षति पुर्‍याएको हो ।

चट्याङका कारण जिल्लाको इस्मा गाउँपालिका(४ दोहोलीकी ४६ वर्षीया निर्मला खत्री, इस्मा(५ बेसारीकी २५ वर्षीया कालीका खत्री र धुर्कोट गाउँपालिका(७ वाग्ला धरमपानीका ५८ वर्षीय कृष्णप्रसाद पन्थी घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।

घाइतेमध्ये खत्रीद्वयको घरमै बसिरहेको अवस्थामा र पन्थीको मकै केलाउने क्रममा घरको आँगनमा चट्याङ परेर लागि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरू तीनै जनाको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

चट्याङका कारण मालिका गाउँपालिका ४ खामदेशस्थित सामुदायिक वनमा दुर्गाप्रसाद अर्याल र चिरञ्जीवी अर्यालका तीन वटा गोरुसमेत मरेका अर्खाबाङ् प्रहरी चौकीले जनाएको छ ।

त्यसैगरी मदाने गाउँपालिका(३ सिर्सेनी काफलपाटाका ३६ वर्षीय डोरबहादुर विक सर्पको टोकाइबाट घाइते भएको छ । बारीमा घाँस काट्ने क्रममा विकलाई आज दिउँसो सर्पले टोकेको हो ।

उनको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सारुले जानकारी दिए । यसैबीच, प्रशासनले वर्षात्को समयमा सर्वसाधारणलाई विपद्बाट हुनसक्ने जोखिमबाट सुरक्षित र सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ९ : ५२ बजे

कृष्ण भुसालको निर्देशनमा महाकाव्यकार दाहालको ‘लालीगुराँसको साटो’ सार्वजनिक

काठमाडौं – ‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा

कारागारबाट भागेकामध्ये एकैदिन ६२८ कैदीबन्दी फर्किए

काठमाडौं – गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका

तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन नेतालाई राजनीतिमा बन्देज लगाउन रास्वपाको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनमा दमन गर्ने

गृह मन्त्रालय तानिए काठमाडौंका सीडीओ रिजाल

काठमाडौं – जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका काठमाडौंका प्रमुख जिल्ला

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते

गुल्मी – गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्