गृह मन्त्रालय तानिए काठमाडौंका सीडीओ रिजाल « Khabarhub

गृह मन्त्रालय तानिए काठमाडौंका सीडीओ रिजाल


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाललाई गृहमन्त्रालय तानिएको छ। बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले रिजाललाई मन्त्रालय तान्दै उद्योग मन्त्रालयमा कार्यरत सहसचिव ईश्वर पौडेललाई काठमाडौंको नयाँ सिडिओका रूपमा खटाउने निर्णय गरेका हुन् ।

भदौ २३ र २४ गतेको आन्दोलनमा गोली चलाउन आदेश दिएको आरोप लागेपछि रिजाललाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ । उनी त्यसयता कार्यालय फर्किन नसकेका थिए।

यसअघि मंगलबार गृह सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पठाई रामेश्वर दंगाललाई गृहसचिव बनाइएको थियो।

प्रहरीतर्फ पनि नेतृत्व फेरिएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीलाई हेडक्वार्टर सरुवा गरीएका छ । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी अब रमेश थापालाई जिम्मेवारी दिइएको छ।त्यस्तै काठमाडौंका आठै वृत्तका प्रमुखमा पनि फेरबदल गरिएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १० : ०९ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष