ला लिगाः एट्लेटिको म्याड्रिडको जितमा अल्भारेजको ह्याट्रिक « Khabarhub

ला लिगाः एट्लेटिको म्याड्रिडको जितमा अल्भारेजको ह्याट्रिक


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ला लिगा अन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा एट्लेटिको म्याड्रिडले रायो भालेकानोलाई ३–२ गोल अन्तरले पराजित भएको छ।

म्याड्रिडको जितमा जुलियन अल्भारेजले ह्याट्रिक गरे। खेलको १५ मिनेटमा पहिलो गोल गरेका उनले ८० र ८८ औं मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। टिमका लागि अल्भारेजबाहेक कुनै खेलाडीले गोल गर्न सकेनन्। उनको ह्याट्रिक नै जितका लागि पर्याप्त भयो।

रायोका लागि खेलमा फर्किने अवसर भए पनि सफल बन्न सकेन। पेप चाभार्रिया र अल्भारो गार्सियाले एकएक गोल गर्दै खेल प्रतिस्पर्धात्मक बनाए। एट्लेटिकोसँग रायो ३-२ ले पराजित भएको हो।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा सोसिएडाडले मायोर्कालाई १-० ले पराजित गरेको छ। सोसिएडाडको जितमा मिकेल ओयार्जाबाले ४९ मिनेटमा निर्णायक गोल गरेका हुन्।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ६ : ३८ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी