निबुवा खानुहुन्छ ? फाइदाबारे जानीराख्नुस् « Khabarhub

निबुवा खानुहुन्छ ? फाइदाबारे जानीराख्नुस्


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालीहरुको महान चाड दशै अझै सकिएको छैन ।  दशमीको दिनदेखी पूर्णिमासम्म टिका लगाउने र ठूला बडाको आर्शिवाद लिने चलन रहेको छ । तपाईको घरमा  पनि दशैं अझै सकिएको छैन होला । आफन्त र परिवारले तपाईको घरमा रमाइलो भइरहेको होला ।

दशैंमा मासुलाई विशेष परिवारको रुपमा लिइन्छ । तर अष्टमीकै दिनदेखि घरमा मासु खाँदा अहिलेसम्म तपाईलाई मासुप्रति अरुची पनि बढेको हुनसक्छ । गाउँघरमा यो समयमा मासु मात्र होइन, अम्बा, भोगटे, निबुवा पनि पाइन्छ ।

यो समय परिवार र आफन्तसँगै बसेर अमिलो निबुवामा नुन खुर्सानी हालेर सादेर खाने गरिन्छ । सायद तपाईले पनि खाने तयारी गर्दै हुनुहुन्छ होला । परिवार र आफन्त जम्मा भएर निबुवा खादा रमाइलो मात्र हुँदैन । तपाईको स्वास्थ्यलाई पनि फाइदा पुग्छ । निबुवा खाँदा स्वास्थ्यलाई हुने फाइदाबारे तपाईलाई थाहाँ छ ? यदी छैन भने हामी बताउछौं ।

निबुवाको फाइदा यस्तो छ

– निबुवाले मासु तथा खाना पचाउन सहज बनाउँछ,

–तपाईको घाँटीलाई सफा गर्छ,

–निबुवामा हुने अमिलोपनाले रक्सीको नशा चाँडै उतार्छ,

–निबुवालाई चुक बनाएर प्रयोग गर्न सकिन्छ । निबुवाको चुक सुन्निएको ठाउँमा प्रयोग गर्न पनि सकिन्छ,

–निबुवाको बा्ेक्रा सेवन गर्दा चिसोले घाँटीमा भएको कफ हटाउँछ,

– निबुवाको विउ पायल्स, पित्त विकार र जलन हटाउँछ,

–निबुवाले भोक जगाउँछ,

–निबुवा खाँदा पिसाब सम्बन्धी खराबी पत्थरी, दाँतको दुखाइ कम गराउन सहयोग पुग्छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ३ : ०५ बजे

सिमलखेतका विपन्न दलितलाई बाख्रा पाल्न अनुदान

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका विपन्न दलित समुदायलाई स्वरोजगारतर्फ उन्मुख गराउने

‘एक घर एक धारा’ले फेरियो दैनिकी

बलेवा– भौगोलिक हिसाबले बागलुङ जिल्लाको अति विकट मानिने जैमिनी नगरपालिका–३

बालबालिकाको सुरक्षा विवादबीच न्यू मेक्सिकोमा फेसबुक र इन्स्टाग्राम बन्द गर्ने मेटाको चेतावनी

एजेन्सी– अमेरिकी प्रविधि कम्पनी मेटाले न्यू मेक्सिको राज्यमा आफ्नो सामाजिक

बागमती किनाराका बस्ती हटाउने अभियान तीव्र, दुई हजार संरचना हटाइयो

काठमाडौं – काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित

रास्वपाको सचिवालय बैठक आइतबार बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)को सचिवालय बैठक आइतबारका लागि बोलाइएको