झोलुङ्गे पुललाई सजावट : आन्तरिक पर्यटकको नयाँ आकर्षण « Khabarhub

झोलुङ्गे पुललाई सजावट : आन्तरिक पर्यटकको नयाँ आकर्षण


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी गाउँ नजिकैको अनौखी खोला, बीचमा कलकल बगेको पानी र माथि झुलिरहेको झोलुङ्गे पुल । रङ्गीबिरङ्गी झण्डासँग सजिएको यो पुल अहिले गाउँको नयाँ आकर्षण बनेको छ ।

कृष्णपुर–१ का कबिन्द्रसिंह धामीले आफ्नै  खर्चबाट २० हजार रुपैयाँ खर्च गरेर पुल सजाएका छन । पहिले साधारण देखिने पुल अहिले फोटोग्राफी प्रेमी र आन्तरिक पर्यटकका लागि आकर्षकस्थल बनेको छ । केही समयअघिसम्म धामी कैलालीको गोदावरी पुलमा फोटोग्राफी गरेर जीविकोपार्जन गर्दै आउएको थिए ।

‘काम रमाइलो भए पनि, कमाइ प्रायःबस-भाडा र खानपिनमै सकिन्थ्यो उनले भने, ‘किन आफ्नै गाउँमा केही नयाँ गर्न सकिँदैन भनेर सोचे, गाउँ नजिकैको अलपत्र रहेको पुललाई सजाउने निधो गरे सजाए, अहिले यो नगरपालिका क्षेत्रका बासिन्दाको आकर्षणको केन्द्र बनेको छ ।’

पर्यटक आउँदा गाउँको सुन्दरता अनुभव गर्न सकुन भने उद्देश्यले पुल सजावटमा लगानी गरेको उनले बताए । ‘प्राकृतिक दृश्यसँगै सजावट मिसिँदा अझै सुन्दर फोटो आउँछ,’ उनी भन्छन्, ‘त्यै भएर पर्यटकले यस क्षेत्रलाई गन्तव्य बनाएका छन ।’

धामी यतिमै रोकिएका छैनन् । उनको अर्को योजना नजिकैको पक्की पुललाई पनि झण्डा र रङ्गीन सजावटले आकर्षक बनाउने रहेको छ । 

पुलमा सजावट गरिएपछि  दैनिक सयौँ मानिस घुम्न आउन थालेका छन् । फोटो खिच्नेको भीडले गाउँमा नयाँ उत्साह ल्याएको स्थानीय रामबहादुर साउदले बताए। 

‘अलपत्र अवस्थामा रहेको पुल पर्यटकको गन्तव्य बनेको नै छ’ उनले भने, ‘गाउँका बासिन्दाको आय आर्जनमा वृद्धि हुन थालेको छ, गाउँमा उत्पादन भएका फलफूल, खाद्य सामग्री बिक्री हुन थालेका छन ।’

पुलमै मोबाइल फोनको क्यामेरामा सेल्फी लिँदै गरेका भेटिएका टेकबहादुर साउद भन्छन्, ‘पहिले हाम्रो गाउँ सामान्य मात्र थियो, तर अब पुलले नयाँ पहिचान दिएको छ, यो केवल फोटो खिच्ने ठाउँ मात्र रहेन, हाम्रो गाउँको पर्यटन विकासको आधार बन्न थालेको छ ।’

उनले अगाडि थप्दै भने, ‘पहिले यहाँ कोही आउँदैनथ्यो, अब त फोटो खिच्न मात्र नभई रमाउन आउनेको पनि भीड लाग्छ ‘।

तीनतर्फ नदीले र अर्कोतर्फ घना वन क्षेत्रले जोडिएको बेलडाँडी गाउँ जोडनका लागि दशकअघि झोलुङ्गे पुल निर्माण गरिएको थियो । निर्माण भएको वर्ष दिन नपुग्दै त्यस नजिकै पक्कि मोटेरेवल पुल बनेपछि झोलुङ्गे पुलमा आवतजावत बन्द भएको थियो । 

त्यस पुललाई नगरपालिको अन्यत्र लगेर जडान गर्न चासो नदेखाएपछि अलपत्र अबस्थामै थियो । छिमेकी गाउँका युवाले पुल सजावट गरिदिएपछि यसले चर्चा पाएको साउदको भनाइ रहेको छ । 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १ : २९ बजे

पक्राउमा सरकारको ‘सेलेक्टिभ’ शैली, अनुसन्धान र अभियोजन नै प्रभावित हुने डर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चैत १९ गते

निर्वाचनसम्बन्धी प्रतिवेदन आयोगसमक्ष प्रस्तुत

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धमा

जैविक विविधता तथा वन्यजन्तुको सम्बन्धको दीर्घकालीन खोजी

काठमाडौं– जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘जैविक

कालो बेलुन उडाउँदै विद्यार्थीले मागे गृहमन्त्रीको राजीनामा (तस्बिरहरू)

काठमाडौं– विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध विभिन्न विद्यार्थी समूहले कालो

वैशाख १ देखि ९ गतेसम्म विपद्का १ सय ६३ घटना, १६ जनाको मृत्यु 

काठमाडौं– २०८३ वैशाख १ गतेदेखि ९ गतेसम्म देशभर भएका विभिन्न