भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न सरकारको आह्वान « Khabarhub

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न सरकारको आह्वान


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेको छ । 

बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जेन-जी आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको जानकारी दिँदै कोषमा योगदान गर्न आह्वान गरेका हुन् ।

सरकारले आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गर्दै कोषको स्थापना गरेको हो । 

मन्त्री घिसिङले कोषमा निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट योगदान गरी राष्ट्र पुनर्निर्माणको अभियानमा सहभागी हुन आह्वान गरे । कोषमा जम्मा हुने रकम पारदर्शी रूपमा खर्च गरिने उनले बताए ।  

त्यस्तै मन्त्री घिसिङले मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको पहिरो पन्छाउन अधिकतम प्रयास गरेको र निरन्तर पहिरो खसिरहेकाले समस्या देखिएको बताए । वर्षा नभए राती पनि काम गरेर सडक खुलाउने प्रयास गरिने उनले बताए । 

उनले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएपछि अन्य वैकल्पिक मार्गको सुधार गर्दै आवतजावत सहज बनाउने काम भएको जिकिर गरे ।  

मन्त्री घिसिङले जेन-जी आन्दोलनबाट क्षति भएका क्षतिको मूल्याङ्कन जारी रहेको र पुनर्निर्माणका लागि प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिए । 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  २ : ३२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर