काठमाडौं– नेकपा (एमाले)ले जेन-जी आन्दोलनका नाममा केन्द्रकोसहित ६४ वटा पार्टी कार्यालयहरू ध्वस्त पारिएको जनाएको छ।
एमाले महासचिव शंकर पोखरलेले पार्टीका नेता–कार्यकर्ताका निजी घर र व्यवसायमा भएको क्षतिसम्बन्धी प्राप्त प्रारम्भिक विवरण सार्वजनिक गरेका हुन् ।
एमाले केन्द्रीय कार्यालयको बुधबार च्यासलमा बसेको बैठकपछि महासचिव शंकर पोखरेलले देशभरका पार्टी कार्यालय र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको बताए ।
उनका अनुसार प्रारम्भिक विवरणले केन्द्रीय कार्यालयसहित ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ। यस्तै, १५८ भन्दा बढी नेता–कार्यकर्ताका निजी घर र व्यवसायसमेत क्षतिग्रस्त भएका छन्।
हाल अधिकांश कार्यालयमा सरसफाइ र मर्मत सुरू भइसकेको छ। महासचिव पोखरेलले पार्टी कार्यकर्ताहरू स्वयम्सेवी भावनाका साथ क्षति भएको संरचना पुनःस्थापना गर्ने अभियानमा जुटेको बताए ।
उनले राष्ट्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, पार्टी तथा आन्दोलनको रक्षा गर्न सम्पूर्ण पार्टी पंक्ति पुनः जुर्मुराएर उठ्दै गरेको बताएका छन् ।
प्रतिक्रिया