सञ्चालनमा ल्याइयो तीन मन्त्रालयमा हटलाइन नम्बर « Khabarhub

सञ्चालनमा ल्याइयो तीन मन्त्रालयमा हटलाइन नम्बर


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएका ढिलासुस्ती, मोलमोलाहिजा र भ्रष्टाचारजन्य गतिविधि रोकथामका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याइएको छ ।

मन्त्रालयका विभाग, आयोजना तथा मातहतका कार्यालयमा सेवाग्राहीलाई काम पन्छाउने, घुस-रिसवत माग्ने, अनावश्यक दुःख दिने, अपमानजनक व्यवहार गर्नेलगायतका गतिविधि भएमा सेवाग्राहीले प्रत्यक्ष गुनासो दिन सक्ने व्यवस्था मिलाइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित गुनासोका लागि टेलिफोन नम्बर ०१–४२११५११ र हटलाइन नम्बर ११५१ प्रयोग गर्न सकिनेछ ।

यसैगरी सहरी विकास मन्त्रालयसम्बन्धी गुनासोका लागि टेलिफोन नम्बर ०१–४२०००१ प्रयोग गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी गुनासोका लागि ०१–४२११७२ मा सम्पर्क गर्न सकिने छ । तीन वटै मन्त्रालयमा गुनासो [email protected] पठाउन सकिनेछ ।
 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ३ : २५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क