सुदन किरातीको टिप्पणी : राम जस्ता नेता पैसा र परिवारको पछि लाग्दा रावण हुने डर भयो « Khabarhub

सुदन किरातीको टिप्पणी : राम जस्ता नेता पैसा र परिवारको पछि लाग्दा रावण हुने डर भयो


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी) केन्द्रका नेता सुदन किरातीले नेताहरूको विलाशी जीवन शैलीले आन्दोलन नै संकटग्रस्त भएको बताएका छन् ।

माओवादी केन्द्रीय समितिको बिहीबारदेखि सुरू केन्द्रीय समिति बैठकमा बोल्दै उनले नेताहरूले मृत्यु र पैसाको प्रवाह नगर्दा पार्टी बलियो भएको बताए ।

‘जब नेताले मृत्युको प्रवाह गरेनन्, त्यसबेला पार्टी बलियो भयो । जब नेतृत्वले जीवनको लोभ गर्न थाल्यो तब पार्टी कमजोर हुँदै गयो’, उनले भने, ‘नेताले जीवनको लोभ गर्न थालेपछि, परिवार, पैसा र सुन-धनको पछाडि मरिहत्ते गरेर लाग्न थाल्यो । हामी यसकै कारण कमजोर हुँदै गयौँ । त्यहीकारण राम जस्ता नेताहरू आज रावण जस्तो हुने खतराबाट बचाउनुपर्ने भएको छ ।’

नेता किरातीले अब यही यथास्थितिमा पार्टी चल्न नसक्ने बताए । अब महाधिवेशनमा जाँदा पार्टीले पूरा गर्नुपर्ने जिम्मेवारी पनि उनले बैठकमा प्रस्तुत गरे ।

उनले महाधिवेशनमा जानुअघि निर्देशक कमिटी बनाउनुपर्नेमा जोड दिएका छन् ।

१. माओवादीका सबै पदाधिकारीले राजीनामा गरौँ । स्थायी समितिको सिनियर नेतालाई संयोजक बनाऊँ ।
२. दोश्रो नेतालाई संयोजक बनाएर महाधिवेशनमा जाऊँ
३. अर्थात् अधिवेशनबाट छोड्ने पूर्ण ग्यारेण्टी गरौँ ।

माधव नेपालसँग एकता नगरौँ

किरातीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्नु माओवादीका लागि प्रत्युत्पादक हुने बताएका छन् ।

उनले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भ्रष्टाचारको मुद्दा लागेकाले त्यो किनारा नलागेसम्म एकताको निर्णय गर्नु प्रत्युत्पादक हुने बताए ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन भ्रष्टाचारविरुद्धको आवाज भएकाले अध्यक्ष नेपाल नेतृत्वको नेकपा एससँग एकताले माओवादीलाई हानी गर्न सक्ने चेतावनी नेतृत्वला दिए ।

‘समाजवादी पार्टीसँग एकता गर्नु अहिले हानिकार हुन्छ। पहिला आफ्नै पार्टी भित्र आन्तरिक एकता सुदृढ गरौँ। कम्युनिष्ट पार्टी एकता र धुव्रीकरण गरौँ’, उनले भने, ‘तर अहिले नै समाजवादीसँगको एकता हानीकार हुन्छ । जेन-जी आन्दोलन भ्रष्टाचारविरुद्ध थियो। हामीले पनि उठाउँदै आएको शुसासनकै मुद्दा हो ।’

समाजवादीको अध्यक्षलाई नै भ्रष्टाचार मुद्दा लागेर अदालतमा विचाराधीन रहेको अवस्थामा एकता गलत हुने उनको तर्क छ । किरातले नेपालको मुद्दा किनारा लागेपछि मात्रै एकता गर्नुपर्ने बताउँदै अन्यथा जनतामा जान नसकिने चेतावनी पनि नेतृत्वलाई दिए ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ५ : १० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर