नेपाल र श्रीलंकाको चेम्बरबीच सहकार्यको सम्झौता | Khabarhub Khabarhub

नेपाल र श्रीलंकाको चेम्बरबीच सहकार्यको सम्झौता


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र श्रीलंकाको नेशनल चेम्बर अफ एक्स्पोर्टस्बीच व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीबीच प्रत्यक्ष सहकार्य गर्ने सम्झौता भएको छ । 

आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न दुई देशका यी संस्थाबीच सम्झौता भएको हो । सम्झौताले दुवै मुलुकका व्यवसायीलाई परस्पर भेटघाट, व्यापार मेला तथा व्यवसायिक मञ्चमा सहभागिताका लागि सहज वातावरण बनाउन सहयोग गर्ने विश्वास लिइएको छ ।

नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले श्रीलंकाको आर्थिक पुनरुत्थानको विषयमा पनि अध्ययन गर्ने सहमतिपत्रमा उल्लेख छ । 

दुई संस्थाबीच व्यापार, लगानी, उद्योग र सेवा क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले सहकार्यको सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । श्रीलंकाका लागि नेपालका राजदूत डा. पूर्ण नेपाली, चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल एवं श्रीलंकाको नेशनल चेम्बर अफ एक्स्पोर्टस्का अध्यक्ष इन्द्रा कौशल राजापाक्षेको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो । 

सो सम्झौतापत्रमा चेम्बर अफ कमर्स नेपालका तर्फबाट उपाध्यक्ष एवं अन्तराष्ट्रिय समितिका सभापति अर्जुनप्रसाद शर्मा र श्रीलङकाको चेम्बरका तर्फबाट महासचिव शिहम मरिकरले हस्ताक्षर गरेका छन् । 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ६ : १३ बजे

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

लुटपाटमा संलग्नताको आरोपमा १० जना पक्राउ

काभ्रेपलाञ्चोक – ‘जेनजी’ प्रदर्शनका क्रममा लुटपाटमा संलग्न भएको आरोपमा १०