किन भयो पुँजीबजारको नियामक सेबोन र नेप्सेमा आन्दोलन ? | Khabarhub Khabarhub

किन भयो पुँजीबजारको नियामक सेबोन र नेप्सेमा आन्दोलन ?


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पुँजीबजारको नियमन गर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन) र सञ्चालन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्स) दुवैमा यतिबेला कर्मचारी आन्दोलित भएका छन् । कर्मचारीहरूले आफ्नो सेवा सुविधा र संस्थागत स्वायत्तता तथा सुधारको माग राखेर आन्दोलन गरेका हुन् ।

सेबोनका कर्मचारी सेवा सुविधा खोसिएपछि आन्दोलित

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाका अनुसार त्यहाँका कर्मचारीले लामो समयदेखि पाउँदै आएको सेवा सुविधा खोस्ने र लामो समयदेखि पाएको सेवा सुविधा बापतको रकम फिर्ता गर्नेगरी अर्थ मन्त्रालयले परिपत्र गरेपछि कर्मचारी आन्दोलित भएका हुन् ।

जेन-जी आन्दोलनपश्चात अर्थ मन्त्रालयको जिम्मेवारीमा रामेश्वर खनाल आइसकेपछि मन्त्रालयले असोज २ गते सो परिपत्र जारी गरेको थियो । परिपत्रमा बोर्ड कर्मचारी सुरक्षण कोष कार्यविधि खारेज गर्ने र कोषबाट भुक्तानी भएको रकम असुल गर्न तत्काल पक्रिया सुरु गर्न भनिएको छ ।

बोर्डमा सक्रिय रहँदै आएका दुईवटा कर्मचारी संगठनले मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा असहमति जनाउँदै बुधबार एक प्रेस विज्ञप्ति जारी गरेर आफ्ना माग अघि सार्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

मन्त्रालयले बोर्डलाई पठाएको परिपत्र 

मंगलबारदेखि सेबोनका अध्यक्ष र प्रमुखको गाडी सञ्चालन हुन नदिएर सुरु गरेको आन्दोलन बुधबारदेखि कार्यालयको काम नै ठप्प पार्नेगरी अगाडि बढेको छ । आफ्ना मागहरूलाई सम्बोधन गर्ने र बोर्डलाई स्वायत्त नबनाउने बेलासम्म आफूहरूको आन्दोलन जारी रहने उनले खबरहबलाई बताए ।

‘बोर्डलाई अर्थ मन्त्रालयले सधैँ माइक्रो म्यानेजमेन्ट गर्न खोजेको थियो, सोही क्रममा केही दिनअघि मात्रै मन्त्रालयले बोर्डको स्थापना कालदेखि नै कर्मचारीले प्राप्त गरेको सुविधा कटौती गर्ने र प्राप्त गर्दै आएको सुविधा पनि फिर्ता गर्नुपर्ने भनेर आयो, यति अस्वीकार्य, यति अमानवीय निर्णय गरेर आयो, त्यसैले हामी आन्दोलनमा जानुपर्ने अवस्था सिर्जना भएको हो ।’

उनले मन्त्रालयले गरेको परिपत्र कानुन विपरित र अव्यवहारिक भएको तर, अदालतमा गएर काम गर्ने मनोविज्ञान नहुने भन्दै आफूहरूले आन्दोलन तरिका अपनाएको उनले बताए । उनले कर्मचारीले गरेको आन्दोलन केही कर्मचारीको मात्रै नभएर सम्पूर्ण बोर्डकै समेत रहेको बताए ।

नेप्सेका अध्यक्ष र सईओको राजीनामा माग

नेप्सेका अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाइँले संस्थाको हितविपरीत कार्य गरेको भन्दै कर्मचारीहरूले उनीहरूको राजीनामा माग गर्दै आन्दोलन गरेका छन् ।

मंगलबार आन्दोलनको क्रममा अध्यक्ष बस्याल र सीईओ चापागाईंलाई कर्मचारीहरूले कार्यालयमा नै बन्धक बनाएपछि प्रहरीले उद्दार गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । सो आन्दोलनलाई बिहीबार चौथो कर्मचारीले जारी राखेका छन् ।

बिहीबार नेप्सेको कर्मचारी संघले विज्ञप्ति प्रकाशन गर्दै अध्यक्ष र सिईओले नेप्सेलाई कमजोर बनाउनेगरी स्वार्थपूर्ण ढंगले काम गरेको र नेप्सेको सुधारको निम्ति काम नगरेको भन्दै उनीहरूले राजीनामा दिनुपर्ने बताएको छ ।

नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले अध्यक्ष र सिईओले राजीनामा नगर्नेबेलासम्म आफूहरूको आन्दोलन जारी रहने बताए । खबरहबसँग कुरा गर्दै उनले सञ्चालक समितिले पछिल्लो पटक गरेको निर्णय खारेज हुनुपर्ने र अध्यक्ष र सिईओले राजीनामा दिनुपर्ने आफूहरूको सर्त रहेको बताए ।

‘असोज ३ गते बसेको बैठकले संस्था बेच्ने र कर्मचारीको छातीमा छुरा हान्ने काम भएको छ, त्यो निर्णय मान्ने छैन, राजीनामा दिनुपर्छ, संस्था बेच्ने नियतले राजनीतिक दलप्रति बफादार भएको प्रस्ट देखियो’, उनले भने, ‘हामीले पार्टीलाई यति रकम बुझाउँछौँ भनेर खुलेआम भन्न थालेपछि हामीले राजीनामा मागेका हौँ ।’

साथै, थापाले आफूहरूको आन्दोलनको एउटा माग कर्मचारीहरूले पाउनुपर्ने बोनसको विषयमा पनि रहेको बताए । भक्तपुरको अदालतले गरेको निर्णयअनुसार कर्मचारीहरूले पाउनुपर्ने बोनस कार्यान्वयन नगरिएको उनको भनाइ छ ।

सेबोन र नेप्से दुवै अर्थ मन्त्रालय मातहतका निकाय हुन् । मन्त्रालयले दुवै निकायमा भएको आन्दोलनलाई सम्बोधन गर्नेगरी बिहीबार साँझसम्म कुनै प्रतिक्रिया दिएको छैन, जसले ती निकायमा भएको आन्दोलन थप समय लम्बिने र ती निकायले गर्ने काम प्रभावित हुने देखिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ६ : ३२ बजे

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

लुटपाटमा संलग्नताको आरोपमा १० जना पक्राउ

काभ्रेपलाञ्चोक – ‘जेनजी’ प्रदर्शनका क्रममा लुटपाटमा संलग्न भएको आरोपमा १०