दलहरूले निर्मम समीक्षा गर्नुपर्छ : उपसभापति खड्का « Khabarhub

दलहरूले निर्मम समीक्षा गर्नुपर्छ : उपसभापति खड्का


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कर्णाली– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब राजनीतिक दलहरूले निर्मम समीक्षा गर्नुपर्ने बताएका छन् ।

जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त नेपाली कांग्रेस सुर्खेतको पार्टी कार्यालय निरीक्षणपश्चात् बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उपसभापति खड्काले मुलुकमा उत्पन्न परिस्थिति र त्यसले उब्जाएको संकटका विषयमा दलहरूले निर्मम समीक्षा गर्नुपर्ने धारणा राखे। 
    
उनले भने, ‘सरकारले छानबिन आयोग गठन गरिसकेकाले सबै कुरा अहिले बोल्दा हतार हुन्छ । दोषीहरूलाई कारबाही गराउनतर्फ सरकार लाग्नु पर्दछ ।’ 

चुनावको मिति घोषणा भइसकेकाले सरकारले चुनावको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ७ : ५७ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।