सडकमा जित्यौं, तर राजनीतिक रूपमा हार्यौं: ज्ञानेन्द्र शाही « Khabarhub

सडकमा जित्यौं, तर राजनीतिक रूपमा हार्यौं: ज्ञानेन्द्र शाही


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले हालैको जेनजी आन्दोलनपछि देशले महत्वपूर्ण राजनीतिक अवसर गुमाएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया व्यक्त गर्दै उनले सडकमा आन्दोलन सफल देखिए पनि राजनीतिक रूपमा भ्रष्ट नेतृत्व ले फेरि जित हासिल गरेको दाबी गरेका छन्।

​शाहीका अनुसार, आन्दोलनको मूल माग ुप्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीु को एजेन्डा असफल भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले नै अहिले उक्त व्यवस्था सम्भव नभएको घोषणा गरिसकेकाले यसको पुष्टि भएको उनको भनाइ छ।

​शाहीले आन्दोलनले उपलब्धि गुमाउनुमा नेतृत्वमा भएको कमजोरीलाई मुख्य कारक देखाएका छन्। उनले भनेका छन्, “सबै कुरा हातमा थियो तर पनि गुमायौं।” उनका अनुसार, भदौ २४ गतेकै दिन सडकबाट घोषणा गर्नुपर्ने माग वास्तविक जेनजी प्रतिनिधिहरूले नभई अन्य समूह ले वार्ता गरेर सम्झौता गरेका कारण देशले राजनीतिक उपलब्धि गुमाउन पुग्यो।

​शाहीले वर्तमान राजनीतिक अवस्थाबारे निराशा व्यक्त गर्दै अब हुने निर्वाचन सामान्य सांसद निर्वाचन मात्र हुने उल्लेख गरेका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चुनाव संविधान संशोधनमार्फत मात्र सम्भव हुने र त्यसका लागि १८४ सांसदको सहमति आवश्यक पर्ने भएकाले व्यवहारतः त्यो सम्भव नदेखिने उनको तर्क छ।

​नेता शाहीले अन्तमा भ्रष्ट नेताहरू फेरि अग्रस्थानमा पुगेको आरोप लगाउँदै नयाँ पुस्ताको राजनीतिक आकांक्षा अधुरै रहने चेतावनी पनि दिएका छन्।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ८ : १८ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र