'चीनको सीमानाकासम्म दार्चुला तिङ्कर सडक’ | Khabarhub Khabarhub

‘चीनको सीमानाकासम्म दार्चुला तिङ्कर सडक’


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– ब्यास गाउँपालिका–१ तिङ्करका ६१ वर्षीय पुरनसिँह तिङ्करीले नेपालतिरको बाटो भएर गाउँ आउतजावत नगरेको दुई दशक हुन थाल्यो । द्वन्द्वकाल अघिसम्म दार्चुला सदरमुकाम खलङ्गादेखि व्यासको तिङ्कर गाउँ जान नेपालकै बाटो भएर सजिलै पुगिन्थ्यो ।

पञ्चायतकालमा भारतीयले समेत प्रयोग गर्ने खलङ्गा–तिङ्कर गोरेटो बाटो द्वन्द्वकालीन समयदेखि नै अवरुद्ध भएको छ । पञ्चायतकालमै निर्माण भएको बाटो देशमा सङ्कटकाल लागेदेखि सरकारले ध्यान गएको छैन् ।

सौका समुदायबाट पहिलो पटक राष्ट्रिय पञ्चायत सदस्य भएर सहायकमन्त्रीसमेत भएका बहादुरसिंह ऐतवालको पालामा दार्चुला–तिङ्कर घोरेटो बाटो बेनेको हो, ब्यास गाउँपालिका–१ छाङरुका स्थानीयवासी ६५ वर्षीय जीतबहादुर बोहराले बताए । त्यसपछि बनेका सरकारको यो बाटो निर्माणतर्फ ध्यान गएको छैन् ।

देशमा बहुदल आएसँगै ब्यास जोड्ने बाटो भत्कन शुरु गरेको थियो । बाटो मर्मतका नाममा आउने रकम स्थानीय नेता कार्यकर्ताले अपचलन गरेको हुँदा पनि घोरेटो बाटो विस्तारै प्रयोगविहीन हुन थालेको छ । अहिले भारतले नदी किनारमा सडक बनाउँदा नेपालको बाटो बन्द भएको छ ।

“पञ्चायतकालमा भारतीय व्यापारी र कैलाश मानसरोवर जाने धार्मिक तीर्थ यात्रीसमेत नेपालको बाटो भएर आउँथे, अहिले बाटो नै छैन, तिङ्करीले भने ।” पञ्चायतकालमै निर्माण भएको गोरेटो बाटो त अलपत्र नै प¥यो तर गणतन्त्र आएपछि निर्माण शुरु भएको दार्चुला तिङ्कर सडक पनि अलपत्रै छ ।

एघार वर्षअघि दार्चुला तिङ्कर हुँदै चीनको ताक्लाकोट जोड्ने सडक पछिल्लो समय ओझेलमा परेको छ । महाकाली करिडोरअन्तर्गत बजेट विनियोजन हुन थालेपछि दार्चुला–तिङ्कर सडक निर्माण ओझेलमा परेको हो ।

आर्थिक वर्ष २०६५/६६ बाट दार्चुला–तिङ्कर सडकको रुपमा नामाकरण हुँदै शुरु भएको सडकले गति लिएको छैन् । अहिले यही सडकलाई महाकाली करिडोर नामाकरण गरिएको छ । महाकाली करिडोरअन्तर्गत सुदूरपश्चिमका चार जिल्ला कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा, बैतडी हुँदै दार्चुला जोडिँदैछ ।

दार्चुला–तिङ्कर सडक निर्माणमा प्रगति भएको छैन् । दुई वर्षदेखि करिडोरअन्तर्गत डडेल्धुरा, बैतडी र दार्चुलाका केही ठाउँमा निर्माण कार्य भए पनि चीनसँग जोड्ने गरी निर्माण भएको काम भने प्रभावित भएको छ । तिङ्कर छुने गरी निर्माण हुनुपर्ने सडक अहिले बैतडी–डडेल्धुरा क्षेत्रमा मात्रै काम शुरु भएको छ ।

दार्चुला–तिङ्कर सडकअन्तर्गत ११ वर्षमा ३० किलोमिटरको साधारण ट्र्याक खुलाउने काम मात्रै भएको छ । ब्यासको सुनसेराभन्दा माथिल्लो क्षेत्रमा कामले गति लिएको छैन् । सडक निर्माणले गति नलिँदा ब्यासको तिङ्करसम्म गाडी गुडला र ब्यासको स्याउ तराई ढुवानी गर्ने सपना बुनेको व्यासी अहिले पनि निराश छन् ।

सुदूरपश्चिम प्रदेशकै चीनसँग नाका जोडिने छोटो मार्गको रुपमा रहेको दार्चुला–तिङ्कर सडक निर्माणको लागि पटक–पटक सरकारलाई दबाब दिँदै आएको सुदूरपश्चिम प्रदेशका प्रदेश सदस्य गेल्बुसिंह बोहराले बताए ।

हामीले शुरुदेखि नै दार्चुलाबाट तिब्बत जोड्ने गरी छोटो मार्गको रुपमा दार्चुला–तिङ्कर सडकको निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका छौं, बोहराले भने । यो मार्ग हुँदै नाका खोले नेपाल भारत र चीनसँगको व्यापारमा सहज हुने छ । यतिमात्र हैन, दार्चुला–तिङ्कर सडक भएर कैलाश मानसरोवर जाने धार्मिक यात्रुलाई पनि सहज बाटो हुने बोहराको भनाइ छ ।

पछिल्लो समय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसद्मा दार्चुलाको तिङ्कर नाका चीनसँग जोड्ने गरी काम हुने बताए पनि यो वर्षको बजेट पनि पर्याप्तरुपमा विनियोजन भएको छैन् । करिडोरकै लागि रु ३० करोड बजेट आउने गरेको छ ।

यही शनिबार चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको क्रममा यो नाकाले प्राथमिकता पाउनुपर्ने बताउँछन् । जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्की । ‘‘चीनसँग सीमा जोडिएको क्षेत्रको जिल्ला भएको हिसाबले दार्चुलाको तिङ्कर हुँदै चीन जोड्ने सडकको कुरा भ्रमणका क्रममा प्राथमिकता साथ उठ्नुपर्छ,’’ कार्कीले भने ।

“त्रिदेशीय सीमा भएका कारण पनि यो सडकको महत्व छ”, उनले भने । एघार वर्षसम्म गति नलिएको सडकलाई सरकारले समेत चासोका साथ काम अघि बढाउनुपर्नेमा उनको सुझाव छ । अहिलेको समयमा तिङ्कर सडकको कुरा उठाउन सके सुदूरपश्चिमको व्यापारिक, धार्मिक र पर्यटकीय मार्गको रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।

महाकाली करिडोरअन्तर्गत पर्ने दार्चुला–तिङ्कर सडकको साधारण बाटो गत वर्ष ब्यास गाउँपालिकाको सुनसेरासम्म खोलिएको छ । गतवर्ष सुनसेरासम्म गाडी पु¥याइएको भएपनि अहिले यो सडकले ब्यास गाउँपालिका वडा नं ४, ५ र ६ को सीमा जोडेको छ । सडक निर्माणलाई प्राथमिकता दिने हो भने ब्यास क्षेत्रमा महाकाली नदीमाथि बनाइएका तुइनसमेत विस्थापित हुनेछन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ४ : २५ बजे

काठमाडौं र कास्कीबाट छुटेका रविविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता गरिँदै

काठमाडौं- जिल्ला अदालत काठमाडौंबाट मंगलबार ६० लाख रुपैयाँ धरौटी बुझाएर

कञ्चनपुरमा भारतीय प्रेमीसँग मिलेर श्रीमान‍्को हत्या

धनगढी– कञ्चनपुरमा भारतीय प्रेमीसँग मिलेर एक महिलाले श्रीमान‍्को हत्या गरेकी

श्रीलंकाको केन्द्रीय बैंकद्वारा डिजिटल भुक्तानी प्रवर्द्धन अभियान

कोलम्बो– श्रीलंकाको केन्द्रीय बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन अभियान सुरु गरेको

१२ प्रतिशतले बढ्यो राजस्व संकलन 

भद्रपुर– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१-८२ को