तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक « Khabarhub

तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पूर्ण रुपमा हटाएपछि दुईतर्फी सडक खुलेको छ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, “मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला नजिक खसेको पहिरो सफा गरिएको छ र अब दुबै तर्फका सवारीसाधन सहजै सञ्चालनमा आउनेछन्।”

विगत केही दिनयता वर्षाका कारण सो सडकखण्डको तुइनखोलासँगै विभिन्न स्थानमा पहिरो खसेको थियो । जसका कारण यात्रुले लामो समयसम्म सास्ती बेहोर्नु परेको थियो।

सडक खुलेसँगै अहिले चितवन, काठमाडौँ र पोखरातर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई सहज भएको छ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ११ : ०३ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।