एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने | Khabarhub Khabarhub

एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन् । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा बंगलादेशलाई ११ रनले हराउँदै पाकिस्तान फाइनल पुगेको हो । भारत भने सुपर फोरको एक खेल अगाडि नै फाइनल पुगिसकेको छ । भारतले आज श्रीलंकासँग सुपर फोरको अन्तिम खेल खेल्दैछ ।

गएराति दुबई क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको पाकिस्तानले दिएको १३६ रनको लक्ष्य भेट्न नसक्दा बंगलादेश फाइनल खेल्न चुकेको हो । बंगलादेशले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा मात्र १२४ रन बनायो ।

बंगलादेशका लागि शामिंम हुशेनले ३०, शरिफ हशनले १८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । यसअघि पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद नवाजले २५ रन जोडे ।

यो वर्षको एसिया कपको समूह चरण र सुपर फोरमा भारतसँग पराजित भएको पाकिस्तानका लागि फाइनलमा बदला लिने अवसर प्राप्त हुनेछ । भारतले भने पछिल्ला खेलमा लगातार जित निकाल्दै आएकाले पाकिस्तानसँगको प्रतिस्पर्धालाई सामान्य रुपमा लिँदै आएको छ ।

एसिया कपको फाइनल यूएईमा आइतबार हुँदैछ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ५ : ३२ बजे

सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा

मुख्य याममै सुनसान म्याग्दीका पर्यटकीयस्थल

म्याग्दी– मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् ।

पहिरोले ५ दिनदेखि अवरुद्ध कोशी राजमार्ग

काठमाडौं– वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको कोशी राजमार्ग ५

अझै कायमै छ ‘बालीघरे प्रथा’ 

भोजपुर– ग्रामीण क्षेत्रका गाउँघरमा अहिले पनि ‘बालीघरे प्रथा’ (चलन) कायम

दसैँमा सुनसान बन्दीपुर, आन्दोलनपछि घटे पर्यटक

दमौली– विगतका वर्षमा दसैँको अवसरमा बन्दीपुरमा पर्यटक भरिभराउ हुन्थ्यो ।