अपाङ्गता भएका विद्यार्थीलाईलाई सहयोग सामग्री « Khabarhub

अपाङ्गता भएका विद्यार्थीलाईलाई सहयोग सामग्री


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लम्की– कैलालीका तीन पालिकामा रहेका ६८ जना अपाङ्गता भएकालाई सहयोग सामग्री वितरण गरिएको छ । अपाङ्गता भएका विद्यार्थीलाई शिक्षामा सहज पहुँच स्थापित गर्नका लागि सहयोग सामग्री वितरण गरिएको जनाइएको छ । 

अपाङ्गता भएका विद्यार्थी उमेर समूहका बालबालिकालाई उनीहरूको आवश्यकता पहिचान गरी १६ प्रकारका ९२ वटा सामग्री वितरण गरिएको हो । जसमा लम्कीचुहा नगरपालिकामा १८ जनालाई २४ प्रकारका सहयोग सामग्री, जानकी गाउँपालिकामा २६ जनालाई ३९ प्रकारका र टीकापुर नगरपालिकामा २४ जनालाई २९ प्रकारका विभिन्न सहयोग सामग्री वितरण गरिएको हो ।  

कूल रु १३ लाख ५१ हजार ८४० बराबरको सहयोगी संस्थाको बजेटमा ह्विलचियर, कर्सी, ट्वाइलेट चियर, कृत्रिम खुट्टा, कृत्रिम औलालगायतका १६ प्रकारका सहयोग सामग्री वितरण गरिएको गुडनेवर्स इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक अरूण चौधरीले जानकारी दिए । 

गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, सेवक नेपाल कैलालीसँगको साझेदारी र लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकासँगको समन्वयमा समावेशी परियोजनामार्फत उक्त सहयोग सामग्री वितरण गरिएको हो । 

जानकी गाउँपालिकाले पालिकाभित्र रहेका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिको पहिचान गर्न र कार्ड वितरणका लागि टीकापुर अस्पतालबाट विशेषज्ञ चिकित्सक ल्याएर महिनाको एक पटक परिचयपत्रको लागि प्रक्रिया सुरु गर्ने पालिका अध्यक्ष गणेश चौधरीले बताए।

 उनले भने, ‘मानिसको जीवन सहज कसरी बनाउने कुरा हो । विभिन्न अपाङ्गता भएकालाई सहज जीवनयापन जीउनको लागि सक्दो सहयोग गर्न हामी प्रतिबद्ध छौँ ।’

सहयोग सामग्री पाएपछि अपाङ्गता भएका बालबालिका तथा उनीहरूका अभिभावक समेत खुसी भएका थिए । जानकी–७ का अपाङ्गता भएका रामु थारू आफू कृत्रिम खुट्टा पाएपछि हिँडडुल गर्न समेत सहज भएको बताए। उनले चार वर्ष अघि घर निर्माणमा मजदुर काम गर्ने क्रममा पर्खाल भत्किदा खुट्टा गुमाएका थिए । 

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ९ : ५४ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने