संघीय सरकारको जनमुखी कार्यक्रममा प्रदेश २ सरकार बाधक बन्यो – नेता साह | Khabarhub Khabarhub

संघीय सरकारको जनमुखी कार्यक्रममा प्रदेश २ सरकार बाधक बन्यो – नेता साह


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रदेश नम्बर २ को सरकार संघीय सरकारको जनमुखी कार्यक्रमको बाधक बनिरहेको आरोप लगाएका छन् ।

दशै, दिपावली तथा छठ पर्वको अवसरमा सोमबार रौतहटको फतुवा विजयपुर नगरपालिका-२, सितलपुरमा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष साहले प्रदेश नम्बर २ लाई समृद्धिको बाटोमा डोर्याउन संघीय सरकारले अगाडि बढाइरहेको जनमुखी काममा सघाउनको साटो त्यसमा अवरोध पुर्याउने काम प्रदेश सरकारले गरिरहेको बताए ।

उनले भने, “संघीय सरकारले प्रदेश नम्बर २ लाई केन्द्रमा राखेर सडक, उद्योग, कृषि,आवासलगायतको पूर्वाधार निर्माणका लागि अर्बौं रकमको कार्यक्रम अगाडि बढाएको छ । चाहे विमानस्थल निर्माण कार्य होस या विशेष आर्थिक क्षेत्र प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरुको कुनै न कुनै बहाना बाधक बन्न पुगिरहेको हामीले दिनहुँ देखिरहेका छौँ । प्रदेश सरकारको गलत रवैयाको कारण आज संघीय सरकार प्रदेश नम्बर २ स्तरमा काम अगाडि बढाउन सकिरहेको छैन ।”

प्रदेश सरकारले संघीय सरकारलाई असहयोग गर्नुको साथसाथै राज्यकोषको दोहन र प्रदेशको अपमान गरिरहेको जिकिर गरे । अध्यक्ष साहले भने, “प्रदेशमा हेर्नुभयो भने मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्रीलगायतले हैसियत अनुसार राज्यकोषको भागबन्डा गरिरहेका छन् । मानौ जस्तो त्यो उनीहरुको पैत्रिक सम्पत्ति होस् । राज्यको सम्पत्तिलाई निजी बनाउने जुन काम भइरहेको छ यो राज्यलाई लुट्ने र जनतालाई नाखुस बनाउने काम मात्र हो।”

अध्यक्ष साहले थपे, “हिजो अपमानित थियौं र सम्मानका लागि लड्यौँ । तर प्रदेश २ सरकारले झन बदनाम गर्न तत्पर देखिन्छ । निर्वाचित जनप्रतिनिधिहरु जनताको भावनालाई बुझेर यो धर्तीको बिकास गर्न र यसको सम्मान बढाउन लाग्नुपर्दछ । यदि यो धर्तीको इज्जत बढाउन सक्दैन भने बेइज्जत गर्ने छुट पनि छैन ।”

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ५ : १३ बजे

युरोपा लिग : सेमिफाइनलमा इङ्लिस क्लबलाई सफलता

काठमाडौं – युरोपा लिग फुटबलको पहिलो लेग सेमिफाइनलमा दुवै इङ्लिस

‘जन्ते बाख्रो’को पोस्टर बाख्रो केन्द्रीय पात्र

काठमाडौं – आगामी जेठ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘जन्ते

आजको सागसब्जी र फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

राजा चाल्र्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले राजा चाल्र्स

भोजपुर गोल्डकप : एपीएफ फाइनल प्रवेश

टक्सार– भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल