१८ वर्षदेखि पाकिस्तानलाई फाइनलमा हराउन नसकेको भारत | Khabarhub Khabarhub

१८ वर्षदेखि पाकिस्तानलाई फाइनलमा हराउन नसकेको भारत

१२ पटक उपाधि भिडन्त हुँदा भारत केवल ४ पटक विजयी


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

यूएई- पाकिस्तानले एशिया कप २०२५ मा बंगलादेशलाई हराउँदै फाइनलमा स्थान बनाएको छ। भारत बुधबार नै उपाधि भिडन्तका लागि फाइनल प्रवेश गरिसकेको थियो।

अब दुवै टिम २८ सेप्टेम्बरमा दुबईमा पहिलो पटक एशिया कपको फाइनलमा आमनेसामने हुनेछन्। ग्रुप र सुपर-४ चरणमा भारतले दुवै पटक जित हात पारेको थियो।

भारत र पाकिस्तानबीच अन्तर्राष्ट्रिय क्रिकेटमा १३औँ पटक कुनै टुर्नामेन्ट वा ट्राइ सिरिजको फाइनल हुनेछ।

यसअघि भएका १२ भिडन्तमध्ये ८ पटक पाकिस्तानले जितेको छ भने भारतले केवल ४ पटक मात्रै बाजी मारेको छ।

सन् २०१७ को आईसीसी च्याम्पियन्स ट्रफी फाइनलमा दुवै टिम अन्तिम पटक भिडेका थिए । त्यसबेला पनि पाकिस्तानले जित निकालेको थियो। भारतले अन्तिम पटक २००७ को टी-२० विश्वकप फाइनलमा विजय हात पारेको थियो।

वनडेमा ११ फाइनल, ८ मा पाकिस्तानको जित

भारत र पाकिस्तानबीच पहिलो पटक कुनै पनि टुर्नामेन्टको फाइनल १९८५ मा भएको थियो। वर्ल्ड च्याम्पियनसिप अफ क्रिकेटमा भारतले पाकिस्तानलाई ८ विकेटले हराएको थियो।

त्यसपछि दुवै टिमले वनडे फर्म्याटका फरक-फरक टुर्नामेन्टमा ११ फाइनल खेले, जसमा पाकिस्तानले ८ र भारतले ३ जित हासिल गर्यो।

टी-२० फाइनलमा दोस्रो पटक भिडन्त

हालको एशिया कप टी-२० फर्म्याटमा खेलिँदैछ। यस फर्म्याटमा भारत–पाकिस्तान दोस्रो पटक फाइनल भिड्दै छन्।

पहिलो पटक २००७ को टी-२० विश्वकप फाइनलमा दुवै टिम आमनेसामने भएका थिए। त्यतिबेला एमएस धोनीको कप्तानीमा भारतले ५ रनले जित निकाल्दै पहिलो विश्वकप ट्रफी उचालेको थियो।

प्रमुख फाइनल

फाइनल-१ (१९८५) : भारत विजयी

१० मार्च १९८५ मा मेलबर्नमा वर्ल्ड च्याम्पियनसिप अफ क्रिकेटको फाइनलमा भारतले पाकिस्तानलाई ८ विकेटले हरायो।

फाइनल-२ (१९८६): मियाँदादको अन्तिम बलमा छक्का

१८ अप्रिल १९८६ मा शारजाहमा भएको अष्ट्रल-एशिया कप फाइनलमा पाकिस्तानका जावेद मियाँदादले चेतन शर्माको अन्तिम बलमा सिक्स हिर्काउँदै १ विकेटले जित दिलाए।

फाइनल-३ (१९९१): आकिब जावेदको ७ विकेट

२५ अक्टोबर १९९१ मा विल्स ट्रफी फाइनलमा पाकिस्तानका आकिब जावेदले ३७ रनमा ७ विकेट लिँदै भारतलाई ७२ रनले हराए।

फाइनल-४ (१९९४): अष्ट्रल-एशिया कप

२२ अप्रिल १९९४ मा शारजाहमा पाकिस्तानले भारतलाई ३९ रनले हरायो। आमिर सोहेल ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए।

फाइनल-५ (१९९८): सिल्भर जुबिली ट्राइ सिरिज

भारत र पाकिस्तानबीच तीन फाइनल खेले, जसमा भारतले २–१ ले सिरिज जित्यो। सचिन तेन्दुलकर ‘प्लेयर अफ द सिरिज’ भए।

फाइनल-६ (१९९९, पेप्सी कप): अजहर महमूद चम्किए

४ अप्रिल १९९९ मा बेंगलुरुमा पाकिस्तानले भारतलाई १२३ रनले हरायो। अजहर महमूदले ५ विकेट लिए।

फाइनल-७ (१९९९, कोका-कोला कप): पाकिस्तान विजयी

१६ अप्रिल १९९९ मा भारत १२५ रनमै अलआउट भयो। पाकिस्तानले सजिलै जित हात पारे।

फाइनल-८ (२००७, टी-२० विश्वकप): भारत च्याम्पियन
२४ सेप्टेम्बर २००७ मा जोहान्सबर्गमा भारतले पाकिस्तानलाई ५ रनले हराउँदै पहिलो टी-२० विश्वकप जित्यो।

फाइनल-९ (२००८, किटप्लाई कप): पाकिस्तानको ठूलो जित

१४ जुन २००८ मा मीरपुरमा पाकिस्तानले भारतलाई २५ रनले हरायो। सलमान बट ‘प्लेयर अफ द सिरिज’ भए।

फाइनल-१० (२०१७, आईसीसी च्याम्पियन्स ट्रफी) : पाकिस्तानद्वारा हिसाब बराबर

१८ जुन २०१७ मा लन्डनमा पाकिस्तानले भारतलाई १८० रनले हरायो। फखर जमान शतकवीर बने।

एशिया कप फाइनलमा पहिलो भिडन्त

एशिया कपको १७औं संस्करण यूएईमा भइरहेको छ। १६ पटकको इतिहासमा भारत–पाकिस्तान फाइनलमा अहिलेसम्म कहिल्यै भिडेका थिएनन्। भारतले ८ पटक उपाधि जितेको छ भने पाकिस्तानले २ पटक (२००० र २०१२) मात्र खिताब जितेको छ।

यस पटक ८ टिम सहभागी भएका छन् र पहिलो पटक दुवै चिर-प्रतिद्वन्द्वी टिमहरू एशिया कपको उपाधि भिडन्तमा भिड्ने भएका छन्।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १२ : १३ बजे

प्रचण्डका विकल्प : कार्यकारी अध्यक्ष दिएर निर्वाचन फेस गर्ने कि महाधिवेशनपछि नेतृत्व छाड्ने ? 

काठमाडौं– जेन–जी आन्दोलनपछि अहिले ठूला दलका शीर्ष नेताहरू घेराबन्दीमा छन् ।

सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचनाको हकको प्रभावकारी

रामेछापमा भूकम्पको धक्का महसुस

काठमाडौं– रामेछापको भटौली केन्द्रबिन्दु भएर शुक्रबार दिउँसो भूकम्पको गएको छ

उपचारको आशामै बित्यो धनबहादुरको एक दशक

नौगाड– तिङ्कर खेडाको साँघुरो सडक । कतै धुलो, कतै हिलो त

कञ्चनपुरमा चाडपर्व सुरक्षित र मर्यादित ढङ्गले मनाउन आग्रह

कञ्चनपुर– बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले