कञ्चनपुरमा चाडपर्व सुरक्षित र मर्यादित ढङ्गले मनाउन आग्रह « Khabarhub

कञ्चनपुरमा चाडपर्व सुरक्षित र मर्यादित ढङ्गले मनाउन आग्रह


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले सुरक्षित तथा अनुशासित वातावरणमा पर्व मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

चाडपर्वको अवधिमा सार्वजनिक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न, मादकपदार्थ सेवन गरी सवारी साधन नचलाउन र तोकिएको भन्दा बढी भाडा नलिन जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले जारी गरे सार्वजनिक सूचनामा जनाइएको छ । 

 यात्रुले गुनासो भए नजिकैको प्रहरी कार्यालय वा प्रहरी बिटमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ । उपभोक्ता हित विपरीत चामल, तेल, चिनी, तरकारीलगायत अत्यावश्यक खाद्य सामग्रीमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने, म्याद गुज्रेका वा अखाद्य वस्तु बिक्री गर्नेमाथि कानुन बमोजिम कडा कारबाही हुने चेतावनी दिइएको छ ।

मनोरञ्जनका नाममा तासबाजी, भूइचम्पा, पटाका, बारुद वा अन्य विस्फोटक पदार्थको खरिद–बिक्री, भण्डारण र ओसारपसार नगर्न तथा नगराउन प्रशासनले आग्रह गरेको छ । साथै धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भावमा खलल पुग्ने सम्भावित गतिविधिप्रति सचेत रहन सर्वसाधारणलाई सूचित गरिएको छ ।

प्रशासनले सार्वजनिक स्थलमा अनावश्यक भिडभाड, हुलदङ्गा र होहल्ला नगरी सभ्य, मर्यादित र उल्लासमय तरिकाले चाडपर्व मनाउन आग्रह गरेको छ । आपत्कालीन सेवा जस्तै अस्पताल, एम्बुलेन्स, दमकल, सवारीसाधन, स्काभेटर, जनशक्ति र इन्धन तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको छ ।

बदलिँदो मौसमी परिस्थितिबाट हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी पूर्वतयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । यसैगरी देउसी–भैलो तथा चाडपर्व लक्षित खेलकुद प्रतियोगिता (जस्तै क्रिकेट, फुटबल) सञ्चालन गर्दा अनुशासित र व्यवस्थित ढङ्गले अधिकतम राति ९ बजेसम्म मात्र सञ्चालन गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ । रासस

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ३ : २६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर