उपचारको आशामै बित्यो धनबहादुरको एक दशक « Khabarhub

उपचारको आशामै बित्यो धनबहादुरको एक दशक


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

नौगाड– तिङ्कर खेडाको साँघुरो सडक । कतै धुलो, कतै हिलो त कतै घामले तातिएको कालोपत्र । सोही सडक हुँदै आवतजावत गर्नेले एक दशकयता घिस्रिरहेका एक व्यक्ति देख्ने गर्छन् । यसरी घस्रिएर जीवन धानिरहेका महाकाली नगरपालिका–४ का ५९ वर्षीय धनबहादुर क्षेत्री हुन् ।

हेर्दा उनको अवस्था जति नाजुक देखिन्छ त्यो भन्दा कैयौँ गुना पीडा बोकेर उनी एक दशकदेखि शरीर घिसार्दै जीवन धानिरहेका छन् । अचानक खुट्टा र कम्मरले काम गर्न छाडेपछि उनका शरीर पाङ्ग्रा फुत्किएको गाडीझैँ भयो । समयमै उपचार गर्न उनीसँग पैसा थिएन । छोराछोरी सानै थिए । विगत सम्झिँदै उनले भने, ‘एकाएक कम्मरले काम गर्न छोड्यो । अहिले घर बाहिर भित्र गर्नै गाह्रो छ । अपाङ्गता भएका कारण समाजले हेर्ने दृष्टिकोण पनि राम्रो छैन ।’

विसं २०७१ सालदेखि उनमा अपाङ्गताको समस्या सुरु भएको हो । कम्मरदेखि सुरु भएको समस्या बल्झिँदै गएपछि उनको खुट्टाले काम गर्न छाडे । ‘त्यतिखेर पैसा भएको भए म उपचारका लागि अस्पताल जान्थेँ होला । उपचार गरेको भए  मेरो शरीर चल्थ्यो होला,’ गहभरी आँसु पार्दै उनले भने । 

अब त उमेरले डाँडो काट्न लाग्यो । यसवर्षको बर्खायामदेखि त बाहिर निस्कन पनि नसक्ने भएका छन्  । समस्या झनै जटिल बन्दै गएपछि उनलाई बाहिर निकाल्नै समस्या हुन थालेको उनकी श्रीमती मीना क्षेत्रीले बताइन् । ‘कहीँ गएर हामीलाई सहयोग दिनुहोस् भन्न पनि सकेनौँ । श्रीमान्को यो अवस्था देखेर सहयोग गर्ने कोही भएनन्’, उनले भनिन्,’खुट्टाले नटेके पनि हात राम्रा थिए । तर तीन चार वर्षयता हातले पनि काम गर्न छाडे ।’

परिवार चलाउने बल्ल तल्ल एक छोरीले सहयोग गर्न थालेको उनको भनाइ छ । छोरीले अहिले ब्यूटिपार्लर सिकेर सहयोग गर्न सक्ने भएकी छन् । धनबहादूर पूर्ण रूपमा श्रीमती मीनाको सहारामा मात्र बाहिर भित्र गर्न सक्ने अवस्थामा छन् ।  

उनले अपाङ्गता भत्ताबापत मासिक रु तीन हजार प्राप्त गर्नुहुन्छ । महाकाली नगरपालिकाले ह्वीलचियर प्रदान गरेको छ । थप सहयोगका लागि नजिकै सरकारी कार्यालय छैनन्  । 

राम्रो अस्पतालमा एकपटक पुर्‍याउन सके उमेरले डाँडो काटे पनि अझै अहिलेभन्दा अथवा हुने थियो कि भन्ने क्षेत्री दम्पतीको आशा छ । तर सहयोगी मन र राज्यको ध्यानबिना त्यो आशा पूरा होला कि नहोला भन्ने पीरले दिनरात उनीहरूलाई पिरोलिरहन्छ । रासस

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ३ : २९ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा