व्यापारीको गुनासो- चिनियाँ पक्षले तातोपानी नाकाबाट नेपाली कन्टेनर ल्याउन दिएन « Khabarhub

व्यापारीको गुनासो- चिनियाँ पक्षले तातोपानी नाकाबाट नेपाली कन्टेनर ल्याउन दिएन


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुपाल्चोकको तातोपानी नाकाबाट चिनियाँ पक्षले नेपाली कन्टेनर नछाड्दा समस्यामा परेको व्यापारीहरूले गुनासो गरेका छन् ।  

लामो समयदेखि अबरुद्ध अरनिको राजमार्ग खुलेको अवस्थामा पनि चिनियाँ पक्षले नेपाली कन्टेनर नछाड्दा आफूहरू समस्यामा परेको उनीहरूले गुनासो गरेका छन् । 

चाडपर्वलाई लक्षित गरी नेपाल ल्याउन लागेको सामानहरू चीनतर्फ नै अड्किदा करोडौँको नोक्सानी हुने अवस्था आएको उनीहरूको भनाइ छ । ट्रान्स शिल्क टर्मिनलका निर्देशक अनिरुद्र थापाले चाइनातर्फबाट नेपाल आउने गाडीहरू सहज रूपमा आउन नसकेको बताए । 

उनले चाडपर्वलाई लक्षित गरी व्यवसायीहरूले मगाएका सामानहरू अड्किदा धेरै नोक्सानी हुने अवस्था देखिएको जिकिर गरे । औसतमा हरेक दिन ३० वटा कन्टेनर नेपाल आउने गरेकोमा अहिले निकै कम गाडी मात्र चिनिया पक्षले छाडेको उनको भनाइ छ ।  

त्यस्तै हिमालय सिमापार वाणिज्य संघ सदस्य बलराम ढकालले नेपाली भूभागमा रहेका गाडीहरू आए पनि सीमापारी रहेका गाडीहरूलाई चिनिया पक्षले नेपाल नपठाएको बताए । यस बिषयमा सरकारले चिनिया पक्षसँग छलफल गर्नुपर्ने उनले बताए ।  

तातोपानी भन्सार सिन्धुपाल्चोकका सूचना अधिकारी रमेश शाहले तुलनात्मक रूपमा चीनबाट निकै कम गाडी आएकाले चिनिया पक्षसँग समन्वय भइरहेको जानकारी दिए । चीनतर्फ पर्याप्त जनशक्ति नभएकाले कम गाडी पठाएको जवाफ आएको भन्दै उनले छिटै सहज रूपमा गाडीहरू नेपाल आउने विश्वास व्यक्त गरे । 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले अवरुद्ध अरनिको राजमार्ग केहिदिन अघि मात्रै खुलेको थियो । लामो समयपछि सडक खुल्दा पनि कन्टेनरहरू सहज रूपमा नेपाल भित्रन नसकेपछि व्यवसायीहरू चिन्तित भएका छन् । 

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ४ : २२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर