दशैं सुरु भएसँगै स्थानीय बजारमा बढ्यो चहलपहल « Khabarhub

दशैं सुरु भएसँगै स्थानीय बजारमा बढ्यो चहलपहल


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपालीहरूको मुख्य पर्व दशैं सुरु भएसँगै  जिल्लाका स्थानीय बजारमा चहलपहल बढ्न थालेको छ । जिल्लाको सदरमुकाम चरिकोट, मैनापोखरी, सिंगटी जिरीलगायतका स्थानीय बजारमा दशैं शुरु भए यता सामान्य चहलपहल र किनमेल बढेको दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेश उप्रेतीले जानकारी दिए ।

सदरमुकाम चरिकोटका होटल र निर्माण सामाग्री क्षेत्रका पसल सुनसान देखिए पनि स्थानीय दैनिक उपभोग्य वस्तुका थोक तथा खुद्रा पसलमा भने दशैंको लागि खुद्रा तथा दैनिक उपभोग्य सामान किन्ने उपभोक्ता बढेको उनले जानकारी दिए ।

अघिल्लो सातासम्म सुनसान देखिने चरिकोट बजारमा अहिले मान्छेको चाप बढेको महासचिव उप्रेतीले बताए । चरिकोटको होटल र निर्माण सामाग्रीको व्यापार सामान्य रहे पनि खाद्यान्न, फलफूल र लत्ताकपडाको व्यापार राम्रो रहेको उनले जानकारी दिए ।

यता वैतेश्वर, गौरीशंकर गाउँपालिका र  जिरी नगरपालिकाको केही वडाको मुख्य किनमेल हुने स्थानीय मैनापोखरी बजारमा पनि बिहीबारदेखि अन्य दिनको तुलनामा चहलपहल बढेको उद्योग वाणिज्यसंघ मैनापोखरीका पूर्व अध्यक्ष राजनकुमार दाहालले बताए ।

अघिल्लो साताको तुलनामा बजारमा चहलपहल र व्यापार बढेको उनले सुनाए । अघिल्लो साता दैनिक १५/२० हजार व्यापार हुने उनको पसलमा अहिले दैनिक ५०/६० हजार व्यापार हुन थालेको दाहालले बताए ।

दैनिक उपभोग्य पसल व्यापार बढे पनि निर्माण सामाग्रीको व्यापार ठप्प 

दशैं नवरात्रको पाँचौँ दिन बित्दा पनि जिल्लाका मुख्य बजार देखि स्थानीय बजारका निर्माण व्यवसायीका व्यापारीले भने सदा दिनजस्तै व्यापार सामान्य रहेको बताएका छन् । 

जिल्लाका स्थानीय तह तथा विकासे योजनाको काम सुरु नहुँदा विकास खर्च सामान्य हुँदा व्यापार पनि ठप्प हुन पुगेको निर्माण व्यवसायीहरू बताउँछन् ।

मैनापोखरी बजार सदरमुकाम चरिकोट पछिको बढी चहलपहल हुने मुख्य व्यापारी केन्द्र हो ।गत वर्ष यो समयमा लाखौँको निर्माण सामाग्री खरिद बिक्री र ढुवानी हुने गर्थ्यो ।

तर यस वर्ष विकास निर्माणका काम सुरु नहुँदा हार्डवेयर व्यापारी समस्या परेका हुन।गत वर्ष समयमै योजना सम्झौता भएर दशैँ अघि कतिपय योजना भुक्तानीको चरणमा पुग्दा बजारमा चहलपहल हुने गर्थ्यो । 

यस वर्ष भने,भदौमा जेन-जी पुस्ताले गरेको आन्दोलनको कारण सिङ्गो विकास निर्माण क्षेत्र प्रभावित बन्न पुगेको निर्माण आरके हार्डवेयर पसलका व्यापारी समेत रहेका राजनकुमार दाहालले बताए ।

राज्यको मोटो रकम निर्माण क्षेत्रमा खर्च लगानी हुने भए पनि यस वर्ष पहिलो त्रैमासिक सकिए पनि विकास योजना सुरु नभएको र निर्माण सामाग्रीको व्यापार पनि सामान्य रहेको उनले बताए । कतिपय अघिल्लो वर्षको बक्यौता भुक्तानी पनि जेन-जी आन्दोलनको कारण रोकिएर बसेको हुँदा बजार सुनसान बन्न पुगेको उनको भनाई रहेको छ ।

स्थानीय तहको तलब भुक्तानी प्रणाली सुस्त बन्दा पनि व्यापार व्यवसाय थप प्रभावित बन्न पुगेको समेत स्थानीय व्यापारीहरूको दुखेसो रहेको छ ।

शिक्षक तथा कर्मचारीको तलब आउन ढिलाइ हुँदा बजारमा किनबेच पनि बढ्न नसकेको स्थानीय कपडा व्यवसायी पुष्कर अधिकारीले बताए । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ४ : ५५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका