उपत्यकाका मेयर्स फोरमले गर्‍यो पुनः निर्माणका लागि ६ करोड दिने घोषणा « Khabarhub

उपत्यकाका मेयर्स फोरमले गर्‍यो पुनः निर्माणका लागि ६ करोड दिने घोषणा


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यकाका मेयर्स फोरमले क्षतिग्रस्त संरचना पुन निर्माणका लागि ६ करोड रुपैयाँ बराबर सहयोग गर्ने बताएको छ ।

गोदावरी नगरपालिकामा बसेको फोरमको १२ औँ बैठकले सिंहदरबार र उपत्यका प्रहरी कार्यालय सुदृढीकरणका लागि उक्त रकम दिने घोषणा गरेको थियो । 

सोबारे फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार पत्रकार सम्मेलन गर्दै सिंहदरबार पुनर्निर्माणका लागि ५ करोड र उपत्यका प्रहरी कार्यालयलाई १ करोड सहयोग गर्ने बताएका हुन् ।

‘तोडफोड भएका प्रहरी चौकी र नगरपालिकाको सेवा प्रवाहमा सक्दो सहयोग गर्ने हामीले निर्णय गरेका छौँ, उनले थपे, ‘सिंहदरबारसहितका ऐतिहासिक र सार्वजनिक सम्पत्तिमा भएको तोडफोड तथा आगजनीप्रति फोरमको कडा आपत्ति छ, दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग हाम्रो माग छ ।’

फोरमले सार्वजनिक सम्पत्ति पुन निर्माण र संरक्षणमा सबैलाई एकजुट हुन अपिल गरेको छ ।

काठमाडौं उपत्यकाका १८ नगरपालिका र ३ गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरूको सहभागितामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ५ : ११ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को