उपराष्ट्रपति यादवसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार बिदाइ भेट « Khabarhub

उपराष्ट्रपति यादवसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार बिदाइ भेट


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महाङ्घका राजदूत एलेक्सी नोभिकोभले शिष्टाचार बिदाइ भेट गरेका छन् । 

शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा राजदूत नोभिकोभले शिष्टाचार बिदाइ भेट गरेको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको हो ।

सो भेटका अवसरमा उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीचको मित्रवत् सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित रहँदै आएको उल्लेख गरे ।
     
उनले राजदूत नोभिकोभको कार्यकाल सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै दुई देशबीचकोसम्बन्ध सुदृढ बनाउन पुर्‍याएको योगदानको प्रशंसा गरे।
     
‘आफ्नो कार्यकालको दौरान नेपाल र रुसी महासङ्घकाबीचको सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन योगदान गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु’, उपराष्ट्रपति यादवले भने ।

नेपालले रूससँगको साझेदारीलाई विशेष महत्त्व दिँदै आएको र पूर्वाधार तथा मानव संशाधन विकासमा रूसको दीर्घकालीन सहयोग सराहनीय रहेको उपराष्ट्रपति यादवको भनाइ थियो । 

 उपराष्ट्रपति यादवले महामहिम राजदूत नोभिकोभलाई उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल–रुस सम्बन्धमा सद्भाव कायम रहने विश्वास व्यक्त गरे ।
     
राजदूत नोभिकोभले नेपाल र रुसबीच ‘मनी ट्रान्जेक्सन’ विषय अगाडि बढाइएको उल्लेख गर्दै दुई मुलुकबीच सिधा हवाई उडान सुचारु गर्ने तयारी भइरहेको बताए ।

उनले रुसमा नेपाली विद्यार्थीका लागि विभिन्न विषयहरूमा छात्रवृत्तिको सङ्ख्या वृद्धि गर्नेबारे सकारात्मक पहल भएको उल्लेख गरे ।

 राजदूत नोभिकोभले मधेश प्रदेशको वीरगञ्जस्थित चिनी मिल पुनः सञ्चालनमा ल्याउनेबारे ‘नोट’ रुसी सरकारलाई प्रेषित गरिसकेकामा स्वदेश फिर्तीपछि यसबारे थप ताकेता गर्ने बताए ।  रासस

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ५ : २१ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा