माओवादीको केन्द्रीय कमिटी भङ्ग, प्रचण्डकै प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन « Khabarhub

माओवादीको केन्द्रीय कमिटी भङ्ग, प्रचण्डकै प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति भङ्ग गरिएको छ ।

दुई दिनदेखि काठमाडौंमा बसेको सातौँ केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावअनुसार केन्द्रीय समिति भंग गरिएको हो ।

प्रचण्डको प्रस्ताव बमोजिम माओवादीले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय भएको छ।

शुक्रबार सकिएको बैठकले केन्द्रीय कमिटी भङ्ग गरेर प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ ।

बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचन गराउन अन्तरिम सरकारलाई सहयोग गर्ने पनि निर्णय पनि गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) का निर्णय

केन्द्रीय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण । पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने । महाधिवेशन मंसिरमा गर्ने ।

पार्टीभित्रका नेता-कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने ।

नेपोटिज्म हामीमाथि पनि आरोप छ, कार्यविधि बनाएर पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने । सँस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति बनाउने ।

जेन-जीलाई पार्टीका सबै कमिटीमा अधिकतम् सहभागी गर्ने । युवाहरूलाई प्रथामिकता दिने ।

आईटी कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने ।

अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्तावलाई समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने ।

विभिन्न विचार मिल्ने पार्टीहरूसॅग एकता गर्ने ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ५ : ४६ बजे

विश्वकपमा मेसीको कीर्तिमानी ह्याट्रिक: रोनाल्डोको रेकर्ड तोडियो

काठमाडौँ – सन् २०२२ को कतार विश्वकप जितेपछि कप्तान लियोनेल

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ